शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज सामाजिक सुरक्षा दिवस, प्रधानमन्त्रीले दिए यस्तो सन्देश

आज सामाजिक सुरक्षा दिवस, प्रधानमन्त्रीले दिए यस्तो सन्देश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आजबाट हरेक वर्ष मंसिर ११ गते सामाजिक सुरक्षा दिवस मनाइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) प्रज्ञा प्रतिष्ठान कमलादीमा एक भव्य कार्यक्रमबीच सो दिवसको सुरुवात गर्दै छन् ।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारबाट सुरु भएको सामाजिक सुरक्षा योजना विस्तार हुँदै गएपछि सरकारले औपचारिक रूपमै सामाजिक सुरक्षा दिवस मनाउन लागेको हो । 

‘सामाजिक सुरक्षा योजनामा सहभागी बनौं, सुरक्षित भविष्य सुनिश्चत गरौं’ भन्ने मूल नारासहित मनाउन लागिएको उक्त दिवसको आयोजक श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रहेको छ । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले वृद्धभत्ता, एकल महिला भत्ता, अपांगता भत्ता, अल्पसंख्यक तथा जातीय भत्तालगायत दिँदै आएको छ ।

प्रधानमन्त्रीको सन्देश

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुआत भएको बताएका छन् ।

पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस दिवसको दिनबाट सरकारले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको बताए ।

सन्देशमा उनले मङ्गलबारदेखि सामाजिक सुरक्षा योजना लागु भएको बताउँदै आफूले अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरे ।

“श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाजअनुरुप सबैको संरक्षण गर्ने प्रणालीमा हामी मङ्गलबारबाटै प्रवेश गर्दैछौँ,” प्रधानमन्त्रीको सन्देशमा उल्लेख गरिएको छ  । 

उनले सबै देशवासीहरूलाई सामाजिक सुरक्षा योजना शुभारम्भको अवसरमा सबैलाई सुरक्षित भविष्यको शुभकामनासमेत सन्देशमार्फत व्यक्त गरेका छन् ।  मङ्गलबार पहिलो पटक सरकारले सामाजिक सुरक्षा दिवस मनाउँदैछ । प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा योजना शुभारम्भ गर्नेछन् ।

यसैबीच, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सिङ्गो नेपाल र नेपालीका लागि सामाजिक सुरक्षा योजना आम श्रमजीवी नागरिकका लागि गौरवको विषय भएको उल्लेख गर्दै नयाँ युगको शुरुवात हो भनेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।