बुधबार, चैत १८, २०८२

अवार्डका लागि रोनाल्डो, एमबाप्पे र ग्रिजमन भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- १० औं सस्करणको ग्लोब सकर अवार्ड अन्तर्गत उत्कृष्ट खेलाडीको मनोननयमा सार्वजनिक भएको छ । ग्लोब सकर अवार्ड अन्तर्गत तीन स्टार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । 

उक्त अवार्ड अन्तर्गत पोर्चुगिज तथा युभेन्टसका सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो, फ्रान्सेली तथा पेरिस सेन्ट जर्मन (पिएसजी) युवा स्टार खेलाडी केलियन एमबाप्पे तथा फ्रान्सकै एन्टोनी ग्रिजमनले एक साथ प्रतिस्पर्धा गर्ने भएका छन् । 

यस अवार्डका लागि ८ पटक मनोनयमा परेका रोनाल्डोले ४ पटक जितिसकेका छन् । रोनाल्डोले पछिल्लो दुई संस्करण यो अवार्ड जितेका थिए । तर, यस बर्षको ग्लोब सकर अवार्ड जित्न भने रोनाल्डोलाई त्यती सहज हुने छैन् । 

किनकी उनलाई दुई विश्व कप विजेता फ्रान्सेली टोलीका एन्टोइन ग्रिजमन र केलियन एमबाप्पेले टक्कर दिन सक्ने छन् । त्यस्तै उत्कृष्ट प्रशिक्षकको मनोनयमा विश्वकप विजेता फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प, रियल म्याड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान, एट्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमिओनी, लिभरपुलका योर्गन क्लोप र युभेन्ट्सका मासिमालियानो एलिग्री मनोनयमा परेका छन् । 

१० औं सस्करणको अवार्डको घोषणा जनवरीमा गरिने बताइएको छ । विभिन्न विद्याका १३ अवार्डमा मनोनयन सार्वजनिक भएका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।