बुधबार, चैत १८, २०८२

टी-१० क्रिकेट : सन्दीपको केरला पन्जाबीसँग ३६ रनले पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- युएईमा जारी टी-१० क्रिकेट लिगमा नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने सम्मिलित केरला नाइट्स पराजय भएको छ । सोमबार भएको खेलमा केरला पन्जाबी लिजेन्ड्ससँग ३६ रनले पराजित भएको हो ।
 
पन्जाबीविरुद्ध नेपालका लेग स्पिनर सन्दीपले विकेट लिन सकेनन् । अघिल्ला तीन खेलमा ६ विकेट लिएका सन्दीपले चौथो खेलमा महंगा सावित हुँदै विकेट लिन सकेनन् । उनले २ ओभरमा २८ रन खर्चिए । 

यसअघि सन्दीपले पहिलो खेलमा पख्तुनविरुद्ध २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै दोस्रो खेलमो २ ओभर बलिङ गर्दै १४ रन खर्चिएर १ विकेट लिएका थिए । तेस्रो खेलमा सन्दीपले राजपुट्सविरुद्ध २ ओभर बलिङ गर्दै २३ रन खर्चेर २ विकेट लिएका थिए ।

पन्जाबीले दिएको १०८ रनको लक्ष्य पछ्याएको केरलाले ८ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र ७१ रन जोड्न सक्यो । केरलाका लागि क्रिस गेलले ३५ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । 

सन्दीप १ रनमा अविजित रहे । पन्जाबीका हसन खानले ४ तथा प्रभिन कुमारले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबीले पुरै १० ओभरमा ५ विकेट गुमाएर १०७ रन जोडेको थियो । 

पन्जाबीका उमार अकमलले ३० तथा क्रिस जोर्डनले अविजित २४ रन जोडे । लिगमा केरलाको यो दोस्रो हार हो । यसअघि केरला सिन्धिजसंग पराजित भएको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।