शनिबार, साउन ९, २०८३

‘ए’ डिभिजन लिग : एफिएफ र मनाङ भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फाइल तस्बिर
 
काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मंगलबार दुई खेल हुदैछन् । पहिलो खेलमा ब्रिगेड ब्वाईज युथ क्लब र सरस्वती युथ क्लबले प्रतिस्पर्धा गर्दै, दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लब र विभागीय टिम एपीएफ आमने सामने हुँदैछन् ।

दुबै खेल एन्फा कम्प्लेक्सको खेलमा मैदानमा हुने छन् । पहिलो खेल ११ बजे हुने छ भने दोस्रो खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । मंगलबारको खेलमा ब्रिगेड ब्वाईज युथ क्लब र सरस्वती युथ क्लबल आफ्नो जितको खोजिमा रहने छन् । 

दुवै टोली एकमा जित र दुई खेलमा हार ब्यहोरेका टोली हुन् । तेस्रो चरणको खेलमा बलियो विभागीय टोली एपीएफविरुद्ध ३-१ को सहज जित दर्ता गरेको व्रिगेड ब्वाइज पहिलो खेलमा मनाङसँग ३-१ गोलले पराजित भएको थियो । उसले दोस्रो खेलमा रुस्लान थ्रीस्टारसँग ५-१ गोलको हार ब्यहोरेको थियो ।

यता, सरस्वती युथ क्लब पहिलो खेलमा संकटासँग अन्तिम समयमा १-० गोल अन्तरले स्तब्ध बनेको थियो । दोस्रो खेलमा हिमालन शेर्पासँग सोही गोल अन्तरमा पराजित भएको सरस्वतीले तेस्रो खेलमा फ्रेन्ड्सविरुद्ध ३-० को जित निकालेको थियो ।

त्यस्तै दोस्रो खेलमा मैदान उत्रदै गर्दा मनाङको लक्ष्य लिगको शीर्ष स्थानमा उक्लिनु हुनेछ । कमजोर प्रर्दशन गरिरहेको एपीएफविरुद्व जित निकाल्दै लिग तालिकाको अग्रता स्थानमा उक्लिनु पहिलो लक्ष्य हुनेछ । 

लिगमा मनाङको सतप्रतिशत जित छ । एपीएफले एक हार, एक बराबरी र एक जित निकालेको छ । तेस्रो चरणको खेलमा उपाधि दाबेदार थ्रीस्टार क्लबलाई पराजित गरेको मनाङले त्यसअघि एनआरटी र ब्रिगेड ब्वाईजलाई पराजित गरेको थियो । 

एपीएफले पहिलो खेलमा हिमालयन शर्पासँग गोल रहित बराबरी खेलको थियो । दोस्रो खेलमा फ्रेन्ड्सविरुद्व जित निकालेको एपिएफले तेस्रो खेलमा ब्रिगेड ब्वाईजसँग पराजित हुन पुगेको थियो । मनाङ ३ खेलबाट ९ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । एपीएफ ४ अंक सहित आठौ स्थानमा छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।