शनिबार, साउन ९, २०८३

हत्याका फरार अभियुक्त ‘जोगी’ पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बारा- जिल्ला प्रहरी बाराले हत्या अभियोगमा एक जोगीलाई पक्राउ गरेको छ। हत्या अभियोगमा फरार रहेका भारत चमोई गणवाल देहरादुन घर भएका त्रिलोकीनाथ खप्परवाला नाम गरेका बाबालाई प्रहरीले पक्राउ गरेको हो।

त्रिलोकीनाथले जितपुसिमरा उपमहानगरपालिका–७ स्थित लालका पुल मुनी नामथर नखुलेको अन्दाजी २०-२२ वर्ष उमेर रहेको एक युवाको हत्या गरी फरार भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

त्रिलोकीनाथले आफूसँग रहेको त्रिशुलले युवकको हत्या गरेको प्रहरीको दाबी छ। युवकको लालका पुल नजिकै रहेको भुक्तेश्वरनाथ मन्दिर नजिक ८ मंसिर राती करिब १ बजे हत्या भएको थियो।

पक्राउ परेका त्रिलोकीनाथविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।