शनिबार, साउन ९, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आज मंसिर १० गते सोमबार। के-के भयो ? अब थाहापाउनुस्, नेपाल समय दिनभरी।

बानेश्‍वरमा आगो दन्‍किएपछि... 

राजधानीको बानेश्‍वरस्थित बुद्धनगरमा भिषण आगलागी भएको छ। बुद्धनगर प्रहरी प्रभागसँगै जोडिएको चाईनिज फर्निचरमा सोमबार दिउँसो तीन बजेतिर लागेको आगो दश वटा दमकलको सहयोगमा नियन्‍त्रणमा लिइएको छ। 

यसरी घेराबन्दीमा पर्दैछन् ओली-प्रचण्ड

पार्टीका भ्रातृ संगठनलगायत तल्ला निकायसम्म एकीकरणको टुंगो लगाउन नेकपा सचिवालयको बैठक मंगलबार बस्दैछ। बैठकमा पार्टीका केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोक्ने तयारी छ। 

कमजोर सरकार : बलिया आसेपासे 

सरकार कसको ? यो प्रश्नको सानो पृष्ठभूमि छ। हामी स्कुलमा पढ्थ्यौं। स्कुल नजिकै चियापसल थियो। त्यहाँ साँझबिहान गाउँका पञ्चहरूको जमघट हुन्थ्यो । उनीहरू रमाइला प्रसंग र प्रश्नबाट दिनको सुरुवात गर्थे । कहिलेकाहीँ उनीहरू आफैं प्रश्न सोध्थे र उत्तर दिन्थे । जस्तो सरकार कसको ? पञ्चको । अथवा सरकार कसको ? राजाको। सरकार कसको ? भाइभारदारको। 

फेरी फुट्‍ने नै भयो त राजपा ?

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलको संयोजक परिवर्तन भएको एक साता नबित्दै नेतृत्वबीच विवाद हुँदा विभाजनको संघारमा पुगेको छ। 

निर्मलाका हत्यारालार्इ कारबाही गर्न डा केसीको तीन साताको अल्टिमेटम

लामो समयदेखि चिकित्‍सा शिक्षामा सुधारको माग राख्दै आएका डा गोविन्द केसीले कञ्‍चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलार्इ कारबाही नगरे पुस २ देखि पुन अनसन बस्‍ने चेतावनी दिएका छन्। उनले सरकारलार्इ तीन साताको अल्टीमेटम दिएका छन्। 

झापामा भीषण आगलागी : जलेर एकै परिवारका ४ जनाको मृत्यु

झापाको शिवसताक्षी नगरपालिका–७ लाल्झोडामा आगलागीमा परि एकै परिवारका ४ जनाको मृत्यु भएको छ। राति सुतिरहेका बेला लक्ष्मण खनालको घरमा अचानक आगलागी हुँदा उनीसहित उनका परिवारका ४ सदस्यको जलेर मृत्यु भएको हो ।

नेप्सेमा लगानीकर्ताको घेराउ, मंसिर २३ देखि पूर्ण अनलाइन घोषणा

सेयर लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यालय घेराउ गरेका छन्। अनलाइन प्रणालीमा देखिएको समस्या सच्याउन दवाव दिँदै उनीहरुले नेप्से कार्यालय घेराउ गरेका हुन्। लगानीकर्ताहरुको घेराउ पछि स्टक एक्चेन्जले मंसिर २३ गतेदेखि अनलाइन पूर्ण रुपमा अनलाइन सुरु गर्ने घोषणा गरको हो।

प्रदेशबाट पहिलो पटक प्रहरी भर्ना प्रक्रिया सुरु

मुलुकमा संघीयता कार्यान्वयनमा आइसकेपछि प्रदेशबाट पहिलो पटक प्रहरी भर्ना प्रक्रिया सुरु भएको छ। प्रदेश २ मा सोमबारबाट प्रहरी भर्ना प्रक्रिया सुरु भएको हो।

करारमा कर्मचारी भर्नाको बाटो खुला

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विरोधका बीच प्रदेश २ मा करार कर्मचारी भर्नासम्बन्धी विधेयक पारित भएको छ। सोमबार बसेको प्रदेशसभा बैठकले सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्नासम्बन्धी विधेयक विवादका बीच पारित गरेको हो।

पहाडका उत्पादनमा झुम्मिए तराईबासी

पहाडी जिल्लामा उत्पादित खाद्य पदार्थ रुपन्देही मणिग्रामका ग्राहकको मन जित्न सफल भएका छन्। कुराउनी, सेलरोटी, गाभाको पकौंडा र गुल्मीको सुन्तलाले मणिग्राममा सञ्चालित तिलोत्तमा औद्योगिक व्यापार मेला, कृर्षि तथा पर्यटन महोत्सव २०७५ अवलोकन गर्न आउने दर्शकको मन जितेका हुन्।

सफ्टवयर जोडेर ठगि गर्दै पेट्रोल पम्प : १२ माथि कारबाही 

नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ वटा पेट्रोलपम्पलाई कारवाही गरेको छ। विभागले पछिल्लो एक महीनाको अवधिमा सफ्टवयर प्रविधिको प्रयोग गरी दुईदेखि पाँच प्रतिशतसम्म पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ पेट्रोलपम्पलाई कारवाही गरेको हो। 

अमिताभको संघर्ष : खाना खान पैसा थिएन

कौन बनेगा करोडपति १० मा धेरै पटक यस्तो समय आउँछ– प्रश्न सोध्ने समयमा बलिवुड महानायक अमिताभ बच्चन आफ्नो जिन्दगीसँग जोडिएका किस्सा सुनाउँछन्। 

ब्वाइफ्रेन्ड सेयर गर्ने दुई युवती

यो तस्बिर देखेर तपाईंलाई लाग्न सक्छ यो एउकै केटीको तस्बिर हो। तर, यो तस्बिर एउटैको नभएर उस्तै अनुहार भएका दुई युवतीको हो। 

अश्‍लिल सामग्री नियन्त्रण गर्न पाँच लाख कार्यालय स्थापना

अश्लील सामग्री तथा गैरकानूनी प्रकाशन नियन्त्रण गर्न चीनमा पाँच लाख १० हजार भन्दा बढी कार्यालय स्थापना गरिएको छ। त्यस्ता कार्यालयहरू सामुदायिक र कार्यस्थल तहमा स्थापना गरिएको अश्लीलता नियन्त्रण गर्ने सम्वन्धी कार्यालयले जनाएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।