बुधबार, असोज २८, २०८३

सिभिलले मनायो आठौं वार्षिकोत्सव 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सिभिल बैंक लिमिटेडले आफ्नो आठौंैं वार्षिकोत्सवको अवसरमा वृक्षारोपण कार्यक्रम, रक्तदान कार्यक्रमहरु तथा सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदानगर्ने कार्यक्रमहरुको आयोजना गरेको छ।

वार्षिकोत्सवको दिन बिहान पशुपति क्षेत्रको चक्रपथसँगै जोडिएकोे पार्किङ क्षेत्रमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो।

कार्यक्रमको सभापतित्व बैंकका अध्यक्ष इच्छा राजतामाङ। कार्यक्रमका विशिष्ट अतिथि पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापा थिए। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु, बैंकका कर्मचारीलगायत पत्रकार तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । 
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वनीति अन्तर्गत शिक्षा, स्वास्थ्य, पर्यावरण र साँस्कृतिक सम्पदाको संरक्षण एवं संबद्र्धन प्राथमिकतामा रहेको उल्लेख गर्दै सोही नीतिअनुरुप आजको वृक्षारोपण कार्यक्रमको आयोजना गरी बैंकले ३०० वटा वृक्षारोपण गरेको  र उक्त विरुवालाई पाँच वर्षसम्म मलजल र संरक्षण गरी हुर्काउन सम्मको सम्पूर्ण जिम्मेवारी वहन गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए। 

उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश कुमार उप्रेतीले सिभिल बैंकले वृक्षारोपण मात्र नगरी रुखहरुलाई पाँच् वर्षसम्म हुर्काइ आपैंm सक्षम भएपछि मात्र हस्तान्तरण गर्ने काम एकदमै सराहनीय भएको बताए।

बैंकले पाशुपत क्षेत्रजस्तो देव भूमीमा वृक्षारोपण जस्तो पावन कार्य गर्न पाउँदा खुशी लागेको बैंकका अध्यक्ष इच्छाराज तामाङले बताए। बैंकले आफ्नो आठौं वार्षिकोत्सवको उपलक्ष्यमा प्रधान कार्यालय तथा देशका प्रमुख शहरहरुमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो साथै वार्षिकोत्सवको महिनामा देशका ग्रामीण भेगका सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुको छनोट गरी छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम पनि रहेको बंैकले जनाएको छ।

चालु आर्थिक वर्षको प्रथम चौमासमा (एन.एफ.आर.यस.अनुसार) अठार करोड पचास लाख (जुन पहिलो वर्षको यसै अवधिको तुलनामा ६३.९९% को वृद्धी हो) कमाउन सफल यस बैंकको कुल शाखा संख्या ७० छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्