काठमाडौं- एनआई सी एशिया बैंकको दुई नयाँ शाखा कार्यालय सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-७ स्थित खाँडि चौर शाखाको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीबाट तथा पाँचखाल-४, समाजकल्याण चोकस्थित पाँचखाल शाखाको पाँच खाल नगरपालिकाका मेयर महेश खरेलबाट शनिबार भव्य समारोहकाबिच समुद्घाटन गरेका हुन्।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६६शाखाकार्यालयहरु, २७६ एटिनएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ।
बैंकको वासलातको आकार २१० अर्बभन्दा बढी पुगेको छ भने कुलनिक्षेप करिब १६९ अर्ब तथ ाकर्जा रू. १४३ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचानबनाउन सफल भइसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४