शनिबार, साउन ९, २०८३

जनताको नयाँ शाखा ताप्लेजुङको फक्त्ताङलुङमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
ताप्लेजुङ- ताप्लेजुङको फक्त्ताङलुङमा जनता बैंकले नयाँ शाखा विस्तार गरेको छ।
 
वित्तीय सेवामार्फत संघीयतालाई  दह्रो बनाउने उद्देश्यले स्थानीय तहबाटै सेवा दिनका लागि बैंकिङ् सेवा ७६६ स्थानीय तहमा पुग्नुपर्ने नियमन निकाय र सरकारको लक्ष्यअनुसार दुर्गम स्थानका स्थानीय तहसम्म शाखा पुर्‍याई बैंकिङ् क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल रहेको जनता बैंक नेपाल लिमिटेडले सुदुर पूर्वको जिल्ला ताप्लेजुङको अति विकट गाउँपालिका फक्त्ताङलुङ गाउँपालिकामा आजबाट नयाँशाखा सञ्चालनमा ल्याएको हो। 

फक्त्ताङलुङ गाउँपालिका-५ तापेथोकमा संचालनमा ल्याइएको नयाँ शाखा बैंकको १२७ औं शाखा हो।

तिब्बतसँग सिमाना जोडिएको ओलाङचुङगोलासहित साविक ७ गाविस मिलाएर बनाइएको यस गाउँपालिका भौगोलिक हिसाबमा ताप्लेजुङकै सबैभन्दा ठूलो र विकट गाउँपालिका हो। 

यस क्षेत्रका व्यापारी, उद्यमी र सर्र्वसाधारण तथा सरकारी निकाय समेत यस शाखामार्फत देशको बाँकी क्षेत्रमावित्तीय संजालमाजोडिन सफल हुनेछन्। 

ग्राहकहरुले अन्यशाखाहरुबाटजस्तै यस शाखाबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवालगायत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा प्राप्त गर्न सक्नेछन् ।

योसंगै बैंकको देशभरीमा शाखा संजाल १२७ पुगेको छ। साथै ७२ एटिएम, २ एक्स्टेनसन काउन्टर र ४५ शाखारहित बैंकिङहरु बाट करिब ६ लाख ग्राहकलाई बैंकिङ सेवा प्रवाह भइरहेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्