सुर्खेत- फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायलाई कम्मल वितरण गरिएको छ। बढ्दै गएको चिसोबाट बच्नका लागि कर्णाली प्रदेश प्रहरी श्रीमती संघले राउटेलाई कम्मल र खानेकुरा वितरण गरेको हो।
सुर्खेतको लेकवेशी नगरपालिका–७ स्थित थोत्रीखोलामै पुगेर संघले राउटे समुदायलाई ७० वटा कम्मल र खानेकुरा वितरण गरेको कर्णाली प्रदेश प्रहरी श्रीमती संघका अध्यक्ष मैना शाहले जानकारी दिइन।
मुखिया सूर्यनारायण शाहीले समुदायमा खाद्यान्न संकट भैरको बताए। ‘जनता चिसोले अठाग्रीएका छन्। शाहीले भने, ‘अन्न सकिदा जनताले पेटभरी खान पाएका छैनन्। मुखियाका अनुसार दैलेखको गुराँस गाउँपालिकाले समयमै भत्ता उपलब्ध नगराउँदा खाद्यन्न संकट परेको बताए । यता गाउँपालिकाका अध्यक्ष खेमराज वलीले अवको एक दुई दिनमै भक्ता वितरण गर्ने बताए।
राउटे समुदायले बनाउने काठका भाडाँहरु (कौशी, बाकस, सिलौटो, ओखल) सामानहरु नविक्दा पछिल्लो समय राउटेहरुले आर्थिक समस्या झेल्दै आएका छन्। आर्थिक अभाव हुन थालेपछि राउटेहरुले विभिन्न संघसंस्थामार्फत आफ्नो नाममा आउने हिसाब-किताब समेत माग्न थालेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४