शनिबार, साउन ९, २०८३

प्रदेशबाट पहिलो पटक प्रहरी भर्ना प्रक्रिया सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- मुलुकमा संघीयता कार्यान्वयनमा आइसकेपछि प्रदेशबाट पहिलो पटक प्रहरी भर्ना प्रक्रिया सुरु भएको छ। प्रदेश २ मा सोमबारबाट प्रहरी भर्ना प्रक्रिया सुरु भएको हो।

नेपाल प्रहरी अन्तर्गत प्रहरी सहायक निरीक्षक (सई) पदमा रिक्त पदपूर्तिका लागि भर्ना प्रक्रिया सुरु गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक पदपूर्ति गर्न १५ असोजमा दरखास्त आह्वान गरेको थियो। प्रदेश २ बाट सई पदका लागि १ हजार ६ सय ६१ जनाले आवेदन दिएका थिए। आवेदन दिनेहरुमा ५९ जना महिला र बाँकी पुरुष छन्।

सई पदका लागि प्रदेश २ बाट आवेदन दिनेहरु परीक्षार्थीहरुको प्रारम्भीक स्वास्थ्य परीक्षण र बाधा पारसम्बन्धी परीक्षा जनकपुरस्थित संघीय प्रहरी इकाई कार्यालमा सुरु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दानबहादुर थापाले जानकारी दिए।

थापाका अनुसार प्रधान कार्यालयले देशभर १०८ प्रहरी निरीक्षक, ५२४ सई, ६ हजार २४४ प्रहरी जवान र ३२०  प्रहरी कार्यालय सहयोगीका लागि दरखास्त आह्वान गरेको छ। जस मध्ये प्रहरी निरीक्षकहरुको परीक्षा केन्द्रमा भइरहेको छ भने सईका लागि सबै प्रदेशहरुमा सोमबारबाट परीक्षा सुरु भएको उनले बता । यसैगरी प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीको परीक्षासमेत प्रदेशमै सञ्चालन गरिने थापाले जानकारी दिए।

प्रदेश २ मा प्रतिस्पर्धिहरुको चापलाई हेरेर प्रत्येक दिन दुई सयको दरले १९ मंसिरसम्म परीक्षण कार्य सञ्चालन हुने थापाले बताए। प्रहरी भर्ना तथा बढुवामा लोकसेवा आयोगको सिद्धान्त २०६९ को दफा १० अुनसार परीक्षा सञ्चालन भइरहेको जनाइएको छ। प्रदेशस्तरमा प्रदेशका प्रहरी प्रमुखकको नेतृत्वमा पाँच सदस्यीय प्रदेश प्रहरी पदपूर्ति उपसमिति गठन गरिएको छ।

समितिमा प्रदेश प्रहरी प्रमुख डीआईजीसहित प्रहरी प्रधान कार्यालयका एक प्रतिनिधि, लोकसेवा आयोगका एकजना प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रतिनिधि रहने व्यवस्था छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।