शनिबार, साउन ९, २०८३

जनकपुरका तीन पानी उद्योगमा शिल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी मापदण्ड विपरित सञ्चालन भइरहेको भन्दै जनकपुरको तीन पानी उद्योगमा शिलबन्दी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाको नेतृत्वमा भएको संयुक्त अनुगमन टोलीले जनकपुरस्थित तीन पानी उद्योगमा सोमबार शिलबन्दी गरेको हो। संयुक्त अनुगमनको क्रममा जनकपुरधाम-७ मा जयप्रकाश चौधरीले सञ्चालन गरेको अम्बर धारा, जनकपुरधाम–८ मा प्रभुनन्दन साहले सञ्चालन गरेको महामाया धारा प्रालि र जनकपुरधाम-४ मा अजितकुमार रायले सञ्चालन गरेको ग्लोबल एकता पानी उद्योगमा उत्पादन बन्द गर्ने गरी शिलबन्दी गरिएको छ।

जाँच गराएर लिनुपर्ने अनुज्ञापन नवीकरण नगराएको पाइएपछि पानी उत्पादन बन्द गर्ने गरी ती उद्योगहरुमा शिलबन्दी गरिएको अनुगमन समितिका सदस्य घरेलु तथा साना उद्योग कार्यालयका जितेन्द्रप्रसाद सिंहले जानकारी दिए। 

यसअघि आइतबार अनुगमन टोलीले जनकपुरधाम-७ जिरोमाइलस्थित मोहम्मद् कमालले सञ्चालन गरेको गंगाजल पानी उद्योगमा शिलबन्दी गरेको थियो।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दिनेश साहको नेतृत्वमा गएको अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनुषाका खाद्य निरीक्षक प्रवीणकुमार तिवारी, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।