काठमाडौं- राजधानीको बानेश्वरस्थित बुद्धनगरमा भिषण आगलागी भएको छ। बुद्धनगर प्रहरी प्रभागसँगै जोडिएको चाईनिज फर्निचरमा सोमबार दिउँसो तीन बजेतिर लागेको आगो दश वटा दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ।
आगलागीबाट करिब ६ करोड बराबरको क्षती भएको प्रहरीले जनाएको छ। आगो निभाउनका लागि काठमाडौँ र ललितपुर महानगरपालिका, नेपाल प्रहरी, शसस्त्र प्रहरी र भक्तपुरका गरी १० वटा दमकल प्रयोग गरिएको कामपा जुद्ध बारुण यन्त्र शाखा प्रमुख बद्री नगरकोटीले जानकारी दिए।
बानेश्वर प्रहरी वृतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार घटनामा मानवीय क्षति नभएपनि विस्तृत विवरण आउन बाँकी छ।
भिडियो
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...