शनिबार, साउन ९, २०८३

बुद्धनगरको प्रहरी प्रभाग नजिकै भिषण आगलागी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – राजधानीको बुद्धनगरस्थित बुद्धनगर प्रहरी प्रभागसँगै जोडिएको चाईनिज फर्निचरमा भिषण आगलागी भएको छ। सोमबार मध्यान्ह फर्निचरमा लागेको आगो नियन्त्रणमा लिएको छ। 

नयाँ बानेश्‍वर प्रहरी वृतका प्रमुख गोबिन्दराज काफ्लेका अनुसार आगो नियन्त्रणमा लिन बुद्धनगर क्षेत्रमा विद्युत आपूर्ति बन्द गरिएको थियो।

आगो निभाउनका लागि काठमाडौँ र ललितपुर महानगरपालिका, नेपाल प्रहरी, शसस्त्र प्रहरी र भक्तपुरका गरी १० वटा दमकल प्रयोग गरिएको कामपा जुद्ध बारुण यन्त्र शाखा प्रमुख बद्री नगरकोटीले जानकारी दिए।
 
आगलागी भएको स्थान वरपरका घरमा समेत आगो फैलन सक्ने भएकाले उच्च सतर्कताकासाथ आगो नियन्त्रणको प्रयास भइरहेको काफ्लेले बताए। आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन ।

उपरीक्षक काफ्लेका अनुसार घटनामा मानवीय क्षति नभएपनि विस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।