शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेप्सेमा लगानीकर्ताकाे घेराउ, मंसिर २३ देखि पूर्ण अनलाइन घोषणा

नेप्सेमा लगानीकर्ताकाे घेराउ, मंसिर २३ देखि पूर्ण अनलाइन घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – सेयर लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यालय घेराउ गरेका छन्। अनलाइन प्रणालीमा देखिएको समस्या सच्याउन दवाव दिँदै उनीहरुले नेप्से कार्यालय घेराउ गरेका हुन्। लगानीकर्ताहरुको घेराउ पछि स्टक एक्चेन्जले मंसिर २३ गतेदेखि अनलाइन पूर्ण रुपमा अनलाइन सुरु गर्ने घोषणा गरको हो।

मंसिर २० गतेदेखि अनलाइन प्रणाली सुरु गरेको घोषणा गरेपनि प्राविधिक गडबडीका कारण दैनिक लगानीकर्ताहरुले सास्ती भोग्नु परेको छ। अनलाइन प्रणालीमा देखिएको समस्याका कारण सेयर बजार निरन्तर ओरालो लागेको छ। 

नेप्से परिसूचकमा भारी अंकले गिरावट आएको छ भने दैनिक कारोवार अंक पनि घटेको छ। यसले सेयर बजारमा लगानीको वातावरणलाई नै नकरात्म असर पारेको लगानीकर्ताहरुले बताएका छन्। 
अनलाइन प्रणालीमा युजर नेम र पासवर्ड लिएका लगानीकर्ताले यही मंसिर २३ गतेदेखि अनलाइनबाटै सेयर कारोबार गर्न पाउने घोषणा नेप्सेका सीइओ चन्द्रसिंह साउदले गरेका छन्।

चेप्से घेर्न पुगेका लगानीकर्ताले नेप्सेका सीइओ चन्द्रसिंह साउदको राजीनामा समेत मागेका थिए। आफ्नो राजीनामा माग्न थालिएपछि साउदले लगानीकर्तासँग सोधे, ‘तपाईंहरुलाई मेरो राजीनामा चाहिएको हो कि अनलाइनरु’ त्यसपछि लगानीकर्ताले भने–हामीलाई अनलाइन प्रणाली चाहिएको हो। त्यसको प्रतिउत्तरमा साउदले भने अब २३ गतेबाट अनलाइन सर्वसाधारणले प्रयोग गर्न पाउनेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।