शनिबार, साउन ९, २०८३

महोत्सवको विरोधमा वीरेन्द्रनगर बन्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत - सुर्खेतको खुलामञ्चमा आयोजना हुन थालेको महोत्सवको विरोधका सोमबार फेरि वीरेन्द्रनगर बजार बन्द गरिएको छ। उद्योग वाणिज्य संघको अनुमतिबिना महोत्सव आयोजना गरिएको भन्दै व्यापारीहरूले बजार बन्द गराएका छन्। संघले कुनै उद्देश्यबिनै आयोजना गरिएको महोत्सव स्थगित गर्नुपर्ने बताएको छ। ‘निश्चित व्यक्तिको स्वार्थमा महोत्सव आयोजना गरिनु हुँदैन’, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले भने, ‘हामीले महोत्सवको विरोधभन्दा पनि उद्योगी व्यवासायीको मागलाई प्रशासनले सम्बोधन गरोस् भनेर बजार बन्द गराएका हौं।’

तर आयोजक सुर्खेत जेम्बर अफ कमर्सले भने चेम्बर भवन निर्माणका लागि महोत्सव आयोजना गरिएको बताएको छ। सुर्खेत चेम्बरका अध्यक्ष चिन्तामणि शर्माका अनुसार मेलाको उद्देश्य संस्थाको भवन निर्माण गर्ने भएको भन्दै जसरी पनि मेला आयोजना गरेरै छोड्ने बताएका छन्।

यता सुर्खेत उद्योग वाणिज्य संघ र मेला आयोजक बीच सहमति खोज्न प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवको अगुवाइमा वार्ता चलिरहेको छ। पछिल्लो समय वीरेन्द्रनगरमा आयोजना हुने महोत्सवमा ब्यापारीले सिन्डिकेट लगाउन लगाउन थालेका छन्। गत कात्तिक ९ देखि १९ गतेसम्म आयोजना गरिएको महोत्सव व्यापारीको विरोधपछि झन्डै ४ दिन समयावधि छोट्याइएको थियो।

चुनावी माहोल बनाउने मौका
महोत्सवकै विषयलाई लिएर एउटा पक्षले भने नजिकिँदै गरेको चुनावी माहोल बनाउने मौकासमेत पाएको छ। संघको चुनाव यही मंसिर २९ गतेका लागि तय गरिएको छ। कांग्रेस समर्थित व्यापारीहरुले यसै बिषयलाई चुनावी मसला बनाएका छन्। नेकपा समर्थित व्यापारीे बाहुल्य सुर्खेत चेम्बर अफ कमर्सले नै महोत्सव आयोजना गरेपछि अर्काे पक्षलाई चुनावी माहोल बनाउने मौका मिलेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।