काठमाडौं - कोटेश्वरदेखि कलंकीसम्मको १०.४ किलोमिटर सडकको अधिकांश निर्माण कार्य पूरा भएको छ । चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको सडक आठ लेनको छ ।
यो सडक खण्डको कोटेश्वर, सातदोबाटो र धोबीघाटमा आकाशे पुल निर्माण भएको छ । ती आकाशे पुल प्रयोगमा आइसकेका छन् । तर बटुवा आकाशे पुलबाट सडक पार गर्नुभन्दा सडकबाटै जथाभाबी वारपार गरिरहेको देखिन्छ ।
ठाउँठाउँमा ट्राफिक नियमको सूचना राखिएको देखिन्छ, बेलाबेलामा ट्राफिक सप्ताह पनि मनाउँदै आएको छ । सडक अनुशासनबारे खै त जनचेतना ?




प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४