शनिबार, साउन ९, २०८३

मोरङमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
उर्लाबारी- मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

आइतबार राति पश्चिमबाट पूर्व आउँदै गरेको मे ९ प २७७९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक पथरीशनिश्चरे–१० बस्ने ६५ वर्षीय ओमनाथ उप्रेतीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उप्रेतीको विराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा सोमबार बिहान ५ बजे मृत्यु भएको हो । 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ५३ वर्षीय भरतमणि आचार्य घाइते भएकाले उहाँको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिए । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।