शनिबार, साउन ९, २०८३

वाइडबडी खरिदमा भएको भ्रष्टाचारको पोल खुल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले संसदको लेखा समितिले वाइडबडी खरिदमा घोटला भएकोे ठहर गरेको विषयलाई प्राथमिकतामा पारेका छन् ।

कान्तिपुर दैनिकले वाइडबडीबारे लेखा समितिः साढे ६ अर्ब घोटला शीर्षकमा मुख्य समाचार छापेको छ भने अन्नपूर्ण पोस्ट्ले लेखाले खोज्यो विमानको रित शीर्षकमा खबर लेखेको छ ।  

लेखा समितिले वायुसेवा निगमले वाइडबडी विमान खरिद गर्दा ६ अर्ब ५९ करोड घोटला गरेको निष्कर्ष निकाल्दै यसबारे निगमको लिखित जवाफ माग गरेको छ । विमान ल्याउँदा घोटाला नभई क्रेताले पाउने कमिसन पनि गायब बनाइएको समितिको  निष्कर्ष छ ।

समिति सभापति भरत साहले व्यवसायीका अनुसार जहाज खरिदमा उत्पादकले १० प्रतिशत कमिसन क्रेतालाई दिने गरेको छ । तर २४ अर्बको खरिदमा नेवानिलाई आउनुपर्ने कमिसन २ अर्ब ४० करोड कता गयो ? भनेर प्रश्न गरेका थिए । लेखाका अनुसार कमिसन, अधिकतम उडान भार कटौती र मूल्यान्तर गरी २४ अर्बको खरिदमा ६ अर्ब ५९ करोड घोटाला भएको आजका पत्रपत्रिकाले लेखेको छन् ।  

यस्तै आजको अन्नपूर्णले उखुको अनुदान रकम लिन झन्झटः ८१ ह्जार किसानको ९२ करोड थन्कियो शीर्षकमा प्राथमिकताका साथ खबर छापेको छ । अख्तियारले देशभरका १४ पुलमा अनुसन्धान अघि बढाएको विषयलाई पनि अन्नपूर्णले महत्वका साथ छापेको छ । 

निर्मलाका बुबालाई शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएको विषयलाई एङ्कर न्यूज बनाएको कान्तिपुरले मलेसियामा अलपत्र भएका १० हजार कामदारलाई पुरानै संयन्त्रबाट पठाउने भनि निर्णय गरेको विषयलाई महत्वका साथ प्रकाशित गरेको छ । 

कांग्रेसको विधानमा गुटगत स्वार्थ शीर्षकमा एङ्कर न्यूज छापेको आजको नागरिक दैनिकले मलेसियामा रोजगारीः भेन्डर फेर्न आर्थिक चलखेल शीर्षकमा मुख्य समाचार छापेको छ ।

उसले दाङमा बालुवा प्रशोधनका नाममा नदी दोहन भएको, नेकपामा सरकारको आलोचना गर्दै पत्र लेख्ने २१ केन्द्रिय सदस्यलाई वामदेव गौतमले साथ दिएको र न्यायलयले मुद्दा छिने पनि कार्यान्व्यन नहुने गरेको विषयलाई पहिलो पृष्ठमा स्थान दिएको छ ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।