काठमाडौं- आज मंसिर ९ गते आइतबार । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक, नेपाल वायु सेवा निगमले वाइड बडी जहाज किन्दा ६ अर्ब घोटला भएकोलगायतका समाचार बढी पढिए अरू के के भयो त आज । अब थाहापाउनुस्, नेपाल समय दिनभरी।
'वाइड बडीमा ६ अर्बभन्दा बढी घोटाला'
नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी जहाज ल्याउने क्रममा ६ अर्ब रुपैयाँभन्दा बढी घोटाला भएको निष्कर्ष संसद्को सार्वजनिक लेखा समितिले निकालेको छ।
कांग्रेसमा भयानक स्खलन
सर्वप्रथम, आफ्ना अग्रजहरूले कसरी, कुन हेतुले यो पार्टी स्थापना गरेका थिए ? महासमिति सदस्यहरूले इमानदारीपूर्वक त्यसको स्मरण गर्नुपर्नेछ । सिद्धान्तबारे प्रवचन र व्याख्यानले मात्र पार्टी र नेतृत्वको छवि बन्दैन, आफ्नो व्यवहारमाथि प्रशस्तै ध्यान पुर्याउनुपर्छ ।
कांग्रेस केन्द्रीय समिति १४१ सदस्यीय हुने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति १४१ सदस्यीय हुने भएको छ । कांग्रेसले पार्टीको विधानलाई नेपालको संविधानले गरेका नयाँ व्यवस्था सङ्घीयताका आधारमा राज्य पुनःसंरचना, सङ्घीय संसद, प्रदेशसभा र स्थानीय तहको पुनःसंरचना, समावेशी समानुपातिक सिद्धान्तका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान संशोधनको प्रस्ताव तयार गरेको छ ।
उद्योगीलाई बोलाएर मन्त्रीले भने, अब राजा नखोज्नुहोस्
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्योगी व्यवसायीहरुलाई राजा नखोज्न सुझाब दिएका छन्। उनले उद्योगधन्दालाई बढावा दिदै उत्पादन बढाउनुभन्दा राजा खोज्नमै समय खर्चिरहेको बताए।
नेकपाको विरोधपछि करार कर्मचारी विधेयक पारित गर्ने योजना विफल
प्रदेश २ सरकारले करारमा कर्मचारी भर्ना ल्याएको विधेयक उपर प्रमुख प्रतिपक्षी दल नेकपाले विरोध गरेको छ । प्रदेश सरकारले संविधानको धारा ९७ को भावनाविपरित विधेयक ल्याएको भन्दै नेकपाले विरोध गरेको हो ।
मेयरले घरमै पुगेर अपांगलाई दिए जागिर
इटहरी–२ सहरभित्रको ग्रामीण क्षेत्र । जहाँ दुवै खुट्टा नचल्ने मानबहादुर भुजेल बस्छन् । शारीरिक अपांगता भएका भुजेलको जीवन निकै कष्टकर छ । उनको कम्मरमुनि चल्दैन ।
किन बाक्लिँदैछ राजदूत र दातृ निकायको भ्रमण ?
प्रदेश १ मा विभिन्न मुलुकका राजदूत र दातृ निकायका प्रतिनिधिहरूको भ्रमण बाक्लिएको छ । प्रदेश सरकारका प्रशासनिक र संरचनात्मक क्षेत्रमा सहयोग गरी विकास साझेदार हुन भन्दै उनीहरूले पछिल्ला दिनमा प्रदेश सरकार तथा प्रदेश प्रमुखसँग भट्ने क्रम बढेको छ ।
ज्वाइँको वर्थ डेमा ज्ञानेन्द्रको छमछमी
पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार राति ज्वाइँ राजीव शाहीको जन्मोत्सवमा छमछमी नाचेका छन्। लैनचौरस्थित त्रिसरा रेस्टुरेन्टमा आयोजित कार्यक्रममा उनी आफन्तहरूसँग नाचगानमा सहभागी भएका हुन्।
गौराँती भीमसेनको भव्य जात्रा
सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–४ स्थित गौराँती भीमसेन मन्दिरमा धुमधामका साथ जात्रा मनाइएको छ । कात्तिक शुक्ल पूर्णिमादेखि तीन दिनसम्म मनाइने यो चौताराको सबैभन्दा ठूलो जात्रा हो ।
विश्व कीर्तिमानका लागि १२६ घन्टा नाच्दैछन् बन्दना (भिडियो)
नेपाली चेली वन्दना नेपाल यतिबेला ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ का लागि नृत्य गरिरहेकी छन्। धनकुटा महालक्ष्मी नगरपालिका मूर्तिढुंगा–९ मा जन्मिएकी १७ वर्षीया वन्दना १२६ घन्टा नृत्य गरेर वल्र्ड रेकर्ड कायम गर्ने उद्देश्यका साथ काठमाडौं बत्तीसपुतलिस्थित बिगमार्टमा नृत्य गरिरहेकी छन्।
ट्याटु क्रेज : परम्पराबाट ग्ल्यामरतिर
शरीरका विभिन्न अंगमा ट्याटु खोप्ने चलन धेरै पुरानो हो । नेपालमा पनि धार्मिक विश्वासका आधारमा नेवार, थारू, गुरुङ, तामाङ र मगर समुदायमा ट्याटु खोप्ने परम्परा छ। तर पछिल्लो समय यो परम्पराभन्दा पनि फेसनको रुपमा फस्टाएको छ।
विश्वका मुसलमान समुदायलाई अमेरिकाविरुद्ध एकतावद्ध बन्न इरानको आग्रह
विश्वभरका मुसलमान समुदायलाई अमेरिकाविरुद्ध एक बन्न शनिबार इरानी राष्ट्रपति हसन रौहानीले आग्रह गरेका छन्। साउदी नागरिक तेहरानका ‘दाजुभाई’ भएको भन्दै तेहरानसँग नडराउन साउदी जनतासँग रौहानीले अपिल गरेका छन्।
इन्डोनेशियामा नेपाली कराँते खेलाडीलाई सफलता
इन्डोनेशियामा सम्पन्न १५ औं एशियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपालले २ स्वर्ण र ३ कांस्य पदक जितेको छ । नोभेम्बर २१ देखि २४ सम्म संचालन भएको प्रतियोगितामा नेपालमा समुह चौथो बन्न सफल भएको हो ।
युभेन्टसमा रोनाल्डोले बनाए एकसाथ दुई रेकर्ड
यसै सिजन रियल मड्रिडबाट युभेन्टस पुगेका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले युभेन्टसमा एकसाथ दुई रेकर्ड बनाएका छन् । उनले युभेन्टसको इतिहासमै डेब्यु सिजनमा १० गोल गर्ने पहिलो खेलाडीको रेकर्ड बनाएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४