शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रीले व्यापारीसँग भने, तपाईहरु अझै राजा खोज्दै हुनुहुन्छ !

मन्त्रीले व्यापारीसँग भने, तपाईहरु अझै राजा खोज्दै हुनुहुन्छ !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्योगी व्यवसायीहरुलाई राजा नखोज्न सुझाब दिएका छन्। उनले उद्योगधन्दालाई बढावा दिदै उत्पादन बढाउनुभन्दा राजा खोज्नमै समय खर्चिरहेको बताए।

मन्त्रालयले उद्योग दिवस मनाउने क्रममा आइतबार राजधानीमा गरेको कार्यक्रममा उद्योग मन्त्रीले यादवले अहिले पनि उद्योगी व्यवसायीहरुले राजा खोजेर हिड्ने गरेको बताए। ‘कतिपय उद्योगीहरु राजाका पालमा हुर्किएको हुनुहुन्छ। उहाँहरु अझै पनि राजै खोज्नुहुन्छ,’ उनले प्रश्न गरे‘अब पनि राजा खोजेर हुन्छ? तर पाउनुहुन्न। हटिसकेका छन्।’ उनकाअनुसार विगतमा राजा थिए। विभिन्न फ्याक्ट्रीमा लगानी गर्थे। पैसा दिन्थे। तर समय परिवर्तन भइसकेको छ। विगत जस्तो नभएको उनको भनाइ छ।

उनले समय सापेक्ष पछिल्लो समय नयाँ ऐन कानुन बनेको तथा बन्ने क्रममा रहेको भन्दै त्यसमा पनि जानकार हुन उद्योगीहरुलाई ध्यानकर्षण गरे। एकै पटक तेक्वान्दो खेलाडी जस्तो औद्योगिक क्षेत्र बु्रक्क नउफ्रिने उनको बताए। त्यसको लागि बास्तविक धरातल हेरेरअघि बढ्नु पर्ने उनको भनाई छ।

त्यस्तै उनले चिनी उद्योगीलाई थुन्ने प्रशंग निकाल्दै भने, ‘यदि हजारौं किसानलाई रुवाएर आफु मोटाउछ, भ्रष्टचार कालोबजारी, ठगी गर्छ भने त्यस्तालाई थुन्छु। थुन्मुबाट कसैले रोक्न सक्दैन।’
उनले विगतको तुलनामा अहिले औद्योगिक क्षेत्रको लागि समयाअनुकुल वातावरण बन्दै गएको बताए। दुई तिहाइको सरकार छ। अहिले सुधार हुन सकेन भने भविश्यमा भन्न नसकिने भन्दै औद्योगीक क्षेत्रको लागि सबै एक जुट हुनु पर्ने बेला आएको उनको बुझाइ छ। ‘आजैदेखि त्यो अभियानमा जुटौं। आन्दोलनकै रुपमा यसलाई अघि बढाएर लैजाउ,’ उनले भने ‘सम्पूर्ण उद्योग सम्बन्धि संस्थाहरु एक हुन आवश्यक छ।’ 

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्श, हस्तकला महासंघ लगायत सम्पूर्ण संघ संस्थाहरु औद्योगिक क्षेत्रको विकासको लागि एक हुन पर्ने। त्यसको अर्को कुनै विकल्प नभएको बताए।

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भवानी राणाले अहिले मुलुकको व्यापार घाटा चुलिएको बताए। उनले औद्योगीक व्यवसायी ऐन आए पनि नियमावली आउन नसकेको बताइन्। ‘उत्पादनको लागि नेपाल सबै देशहरुभन्दा तल छ,’ उनले भने ‘नीति हुन्छ। कार्यान्वयन छैन। नयाँ प्रविधि तथा पूर्वाधारहरु बन्न सकेको छैन।’

परि संघका अध्यक्ष हरिभक्त शर्माले मुलुक राजस्वमुखी भएको बताए। ‘सय रुपैयाँको कारोबार गर्दा ३० रुपैयाँ करै मात्र तिर्नुपर्छ,’ उनले भने ‘सरकारले करको सहि सदुपयोग गर्न सकेको छैन। हामी त्यसको सदुपयोग भएको हेर्न चाहन्छौं।’

सरकारले ल्याएको पछिल्लो कानुनले साना, मझौला लगायतका उद्योगहरुलाई गाह्रो पर्ने उनको भनाइ छ। ‘देश अघि बढ्न सकेको छैन,’ उनले भने ‘कानुन उच्चकोटीको  ल्याइएको छ।’ यसमा तालमेल नमिलेको उनले बताए।

त्यस्तै उनले विगतमा राजनीतिमा लाग्नेलाई थुन्ने जेलमा अब व्यवसायीहरुलाई थुन्ने कानुन आएको भन्दै अब उद्योगीहरुलाई थुन्न सुरु गर्दा हुन्छ।’कार्यक्रममा विभिन्न उद्योगीहरुले मुलुकमा अझै पनि उद्योगमैत्री वातावरण बन्न नसकेको, व्यापार घाटा कहालिलाग्दो भएको, लगानी आकर्षित हुन नसकेको गुनासो गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।