शनिबार, साउन ९, २०८३

इन्डोनेशियामा नेपाली कराँते खेलाडीलाई सफलता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- इन्डोनेशियामा सम्पन्न १५ औं एशियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपालले २ स्वर्ण र ३ कांस्य पदक जितेको छ । नोभेम्बर २१ देखि २४ सम्म संचालन भएको प्रतियोगितामा नेपालमा समुह चौथो बन्न सफल भएको हो । 

नेपालको तर्फबाट पुरुषतर्फ ५५ किलो तौल समुहमा बिजय श्रेष्ठले स्वर्ण जित्दा र भेट्रानतर्फ ४०-५० बर्षको समुहको एकल कातातर्फ गणेश थिंगले स्वर्ण जिते । बिजयले पहिलो बाउट बाई पाएर क्वार्टर फाईनलमा ईण्डोनेशियालाई १०-२ ले, सेमिफाइनलमा फिलिपिन्सलाई ९-१ ले र फाईनलमा श्रीलंकालाई ९-१ ले हराउदै स्वर्ण पदक जितेका थिए । 

त्यस्तै गणेश थिंगले पहिलो बाउटमा भारतलाई ५-०, क्वार्टरफाईनलमा पुन ईन्डियालाई ६-२, सेमिफाइनलमा श्रीलंकालाई ३-२ र फाईनलमा ज्यलन प्यलनलाई ५-० ले पराजित गर्दै स्वर्ण पदक जितेका थिए । 

त्यसैगरी सिनियर पुरुष तर्फ एकल कातामा सेमिफाइनलमा जापान सँग पराजित हुदै पर्शुराम बास्तोलाले कांस्य पदक हात पारे । यस अघि उनले ज्यलन प्यलन ,कचष्बिलपब र चाईनिज ताईपेईलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका थिए । 

पुरुषतर्फको ८४ किलो तौल समुहमा दिगम्बर प्रसाद पन्तले सेमिफाइनलमा इण्डोनेशियासँग ५-१ ले पराजित हुदै कांस्य पदक जिते । त्यस्तै अनिश लामाले ६० किलो तौलमा नेपाललाई कास्य दिलाए । 

३० राष्ट्र सहभागी भएको उक्त प्रतियोगितामा इण्डोनेशियाले १७ स्वर्ण, १२ रजत र १५ कास्य पदक सहित पहिलो स्थान हाशिल गर्न सफल भए भने जापानले १६ स्वर्ण, ३ रजत र २ कांस्य सहित दोस्रो भए । ७ स्वर्ण, १३ रजत र ११ कांस्य सहित चाईनिज ताईपेई तेस्रो स्थान हाशिल गरे भने, २ स्वर्ण र ३ कांस्य सहित नेपाल समुह चौथो बन्न सफल भएको हो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।