शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाको विरोधपछि करार कर्मचारी विधेयक पारित गर्ने योजना विफल

नेकपाको विरोधपछि करार कर्मचारी विधेयक पारित गर्ने योजना विफल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- प्रदेश २ सरकारले करारमा कर्मचारी भर्ना ल्याएको विधेयक उपर प्रमुख प्रतिपक्षी दल नेकपाले विरोध गरेको छ । प्रदेश सरकारले संविधानको धारा ९७ को भावनाविपरित विधेयक ल्याएको भन्दै नेकपाले विरोध गरेको हो । आइतबारको बैठकबाट विधेयक पारित गर्ने सरकारको तयारीलाई नेकपाको विरोधले विफल बनाइदिएको छ ।

नेकपा सांसदहरुको अवरोधका कारण प्रदेश २ को प्रदेशसभा बैठक स्थगित भएको छ । सरकारले ल्याएको करार कर्मचारी भर्नासम्बन्धी विधेयकको केहि व्यवस्थाप्रति असन्तुष्टी जनाउँदै नेकपा सांसदहरुले विरोध गरेपछि संसदको बैठक स्थगित भएको हो ।

छलफल नै नगरी सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्ना सम्बन्धी विधेयक पारित गर्ने प्रस्ताव कार्यसूचीमा राखिएको भन्दै नेकपा सांसदले बैठक सुरु भएलगत्तै आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका थिए । नेकपा सांसदहरुको विरोधपछि सभामुख सरोज यादवले १० मिनेटका लागि बैठक स्थगित गर्ने घोषणा गरेका थिए ।

सरकारले ल्याएको करार कर्मचारी भर्नासम्बन्धी विधेयक उपर असन्तुष्टी जनाउँदै नेकपा सांसद सुन्दरबहादुर विश्वकर्माले संशोधन प्रस्ताव दर्ता गराएका थिए । तर आफूहरुले दर्ता गराएको संशोधन प्रस्ताव उपर छलफल नै गरी विधेयक पारित गराउन खोजिएको नेकपा सांसदहरुको भनाइ छ ।

प्रशासनतर्फ कर्मचारी सिफारिस गर्न सरकारले ल्याएको विधेयकमा मुख्य न्याधिवक्ता अध्यक्ष रहने व्यवस्था छ । तर, नेकपाले मुख्य सचिव अध्यक्ष रहने गरी संशोधन दर्ता गराएको छ । मुख्य न्याधिवक्ताको मर्यादाको ख्याल नगरी सिफारिस समितिको अध्यक्ष बनाइएको प्रति आफूहरुको आपत्ति रहेको नेकपाले जनाएको छ ।

नेकपा सांसदहरुले आफूहरुले दर्ता गरेको संशोधन प्रस्ताव टेबुल नभएसम्म संसद चल्न नदिने अडान राखेका पछि सभामुख यादवले बैठकको कार्यसूचीबाट विधेयक पारित गर्ने प्रस्ताव हटाइको घोषणा गरेपछि बैठक सञ्चालन भएको थियो । यसैगरी विषयगत समितिको सभापतिको निर्वाचन मिति तोक्ने प्रस्तावसमेत कार्यसूचीबाट हटाइएको थियो ।

करार कर्मचारी भर्ना सम्बन्धी विधेयक र विषयगत समितिका सभापति निर्वाचनसम्बन्धी प्रस्ताव कार्यसूचीबाट हटाइएपछि सञ्चालन भएको बैठकमा सरकारले दलित सश्क्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आइतबारको बैठकमा प्रस्तुत गरेको छ । प्रदेशसभा बैठकबाट स्वीकृत भइसकेको यस विधेयक उपर आगामी बैठकमा छलफल शुरु हुने बताइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।