बुधबार, चैत १८, २०८२

नेपाल, भारत र श्रीलंकाबीच त्रिकोणात्मक टी-२० हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- नेपाल, भारत र श्रीलंकाका तीन क्लबबीच त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज हुने भएको छ । सिरिज काठमाडौंको टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आयोजकले एक कार्यक्रमको आयोजना गरि जानकारि दिए । 

सिरिज माघको पहिलो साता हुने जनाएको छ । माघ १ गतेबाट १० गतेसम्म दश दिन चल्ने सिरिज महाकाली स्पोर्टस सोसाइटी र नेपालय ईन्टरनेशल ईभेन्ट म्यानेजमेन्टले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् । 

सिरिजमा नेपालबाट नेपाल राईनोज क्रिकेट क्लब, भारतबाट सिडब्लुटी क्रिकेट क्लबल र श्रीलंकाबाट कन्दुकार क्रिकेट क्लबले प्रतिस्पर्धा गर्ने छन् । नेपालबाट नेपाल राईनोजको नेतृत्व मञ्जीत श्रेष्ठले गर्नेछन् । 

यस्तै भारतीय टिम सिडब्लुटीको नेतृत्व दिनेश कुमारले गर्ने छन् भने श्रीलंकाको कन्दुकार क्लब सानुख धनन्जयको कप्तानीमा रहने छ । प्रतियोगिताको पुरस्कार राशी भने अर्को पटक सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।