शनिबार, साउन ९, २०८३

मोफसलमा सेवा बिस्तार गर्दै मेडिसिटी अस्पताल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगन्ज- गैर आवासिय नेपाली डा. उपेन्द्र महतोको ड्रिम प्रोजेक्ट नेपाल मेडिसिटी अस्पतालले काठमाण्डौं बाहिर समेत सेवा बिस्तार गर्ने भएको छ ।

उस्ले पहिलो चरणमा आफ्नै लगानीमा अस्पताल पूर्वाधार र जनशक्तिमा लगानीको साटो मोफसलका अस्पताललाई फ्रेन्चाइजको रुपमा प्रयोग गर्दै सेवा संजाल बिस्तारको रणनीति अपनाएको हो । अस्पताल व्यवस्थापन सम्बद्ध श्रोतका अनुसार मोफसलको मुख्य शहरहरुमा संचालनमा रहेका नाम चलेका अस्पतालसँग मेडिसिटी अस्पतालले फ्रेन्चाइज शेयर गर्न थालेको हो ।

विराटनगरमा नोबेल,झापामा बि एण्ड सी, वीरगंजमा वीरगंज हेल्थकेयर सहित २८ वटा अस्पतालसँग सम्झौता गर्ने तयारी रहेको डा. महतोले बताए । स्थानीय स्तरमा उपलब्ध पूर्वाधारको उच्चतम प्रयोग गर्दै मेडिसिटीको दक्ष जनशक्तिको माध्यमबाट मोफसलमै उच्चस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने योजना रहेको उनले जानकारी दिएका छन् । 

यसै योजना अनुरुप वीरगंज हेल्थकेयर सेन्टरसँग फ्रेन्चाइज सम्झौता गर्ने तयारीलाई अन्तिमरुप दिन मेडिसिटी अस्पतालका अध्यक्ष डा. महतो आफैंले आइतबार अस्पतालको निरिक्षण गरेका छन् । पचास शैय्या क्षमताको यो अस्पतालले १०० शैय्या क्षमताका लागी पूर्वाधार निर्माण गरिसकेको छ । मेडिसिटीसँग साझेदारीका लागी यो अस्पतालले हेलिकप्टर ओलार्न आवश्यक पर्ने हेलि प्याड समेत तयार पार्दैछ ।

सात सय पचास शैय्या क्षमताको नेपाल मेडिसिटी अस्पताल ललितपुरको नख्खुमा गतवर्षदेखि संचालनमा आएको हो । यो अस्पताल १ खर्ब रुपैयाँको परियोजना हो ।

के–के सुविधा उपलब्ध हुनेछन् ?

मोफसलमा मुटुरोग, क्यान्सर,मृगौला,प्रसुती, प्रजनन् स्वास्थ्यलगायतको उपचारका लागी आधुनिक सेवा उपलब्ध गराउने नेपाल मेडिसिटीले दाबी गरेको छ । बिरामीलाई टेलिमेडिसिनमार्फत् मोफसलबाटै मेडिसिटीको चिकित्सकसँग उपचार सेवा दिलाउने जानकारी दिइएको छ ।

पाँच वर्षमा दश अस्पताल

नेपाल मिडिसिटी अस्पतालको संचालनसँगै डा. महतोले थप दशवटा अस्पताल संचालनमा ल्याउने योजना छ । उनले पाँच वर्षको अवधीमा राजधानी भित्र पाँच र मोफसलमा पाँचसहित कूल दश वटा नयाँ अस्पताल आफूले लगानीको सम्पूर्ण जोखिम उठाएरै भएपनि संचालन गर्ने घोषणा गतवर्ष नै गरेका थिए ।

बिरामी बेस बिस्तार गर्ने रणनीति

ठूलो लगानीका अस्पतालको संचालन खर्च धान्न र पूर्वाधार तथा जनशक्तिको पूर्ण सदुपयोग गर्न बिरामीको आगमन पनि पर्याप्त संख्यामा हुनु जरुरी छ । 

काठमाडौंमा सीमित ठूला लगानीका सुविधा सम्पन्न अस्पतालले मोफसलका अस्पतालबाट चिकित्सक र बिचौलियाको रेफरबाट बिरामी पाए पनि औपचारिकरुपमा बिरामी आदानप्रदान गर्ने रणनीति अनुरुप ठूला अस्पतालहरु व्यवसायीक सम्झौतामा प्रवेश गर्न थालेका हुन् ।

बयोधा अस्पतालले मोफसल बाहिर तराईको वीरगंज,नेपालगंज लगायतका ठूला शहरहरुमा क्षेत्रिय स्तरमा अस्पताल संचालन गर्ने तयारी गरेको छ । उस्ले करिब १ अर्ब रुपैयाँको लगानीमा वीरगंजमा १०० शैय्या क्षमताको अस्पताल पूर्वाधार तयार पारिसकेको छ । यो अस्पताल नारायणी बयोधा नामले संचालन गर्न लागिएको अस्पताल व्यवस्थापनले जानकारी दिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।