एजेन्सी- बोका जुनियर्सका खेलाडी सवार रहेको बसमा प्रतिस्पर्धी क्लबका समर्थकले आक्रण्मा गरेका छन् । अर्जेन्टिनी क्लब फुटबलको इतिहासकै महत्तवपूर्णमध्ये एक मानिएको खेलको पूर्वसन्ध्यामा क्लब बोका जुनियर्सका खेलाडीमाथि विपक्ष क्लबका समर्थकले हमला गरेका हुन् ।
अर्जेन्टिनामा बोका जुनियर्स र रिभर प्लेट घरेल फुटबलमा कट्टर प्रतिस्पर्धी मानिन्छन् । जस्तो स्पेनमा रियल मड्रिड र बार्सिलोना मानिन्छन् । आक्रमणमा परी आधा दर्जन खेलाडी घाइते भएका छन् ।
अर्जेन्टिनाको राजधानी ब्युनस आइरिजमा हुने खेलमा सहभागी हुन रंगशालातर्फ अघि बढ्दै गर्दा बोका जुनियर्सका खेलाडीमाथि कट्टर प्रतिस्पर्धी क्लब रिभर प्लेट क्लबका समर्थकले आक्रण्मा गरेका हुन् । अघिल्लो दिन कोपा लिबरटेडरेसको फाइनल खेलका लागि तयारी भइरहँदा यस्तो भएको हो ।
अर्जेन्टिनामा कहिले लिओनल मेस्सीको शालिक तोडिएको खबर त कहिले खेलाडीको घरमा आक्रण भएको खबर आइरहँदा फेरी यस्तो खबर बाहिरिएको हो । यस खेललाई दक्षिण अमेरिकाकै महत्वपूर्ण र लामो समयदेखि प्रतीक्षा गरिएकोमध्ये एक खेलका रूपमा हेरिएको थियो ।
यस्तो महत्तवपूर्ण खेलका लागि घरेलु दर्शक केही घन्टाअघि नै रंगशला पुगिसकेका थिए । अर्जेन्न्टिनामा यो सबैभन्दा धेरै हेरिने क्लब फुटबल पनि हो । तर, अन्तिम समयमा खेलाडी सवार बसमाथि आक्रमण भएपछि सो खेल रद्द भएको छ ।
यस खेललाई आइतबार खेलाइने भएको छ । खेलका लागि रंगशालातर्फ जाँदै गरेका बोकाका खेलाडीलाई रिभर प्लेटका समर्थकले सुरुमा ढुङ्गा हानेका थिए । उनीहरूले ग्यास क्यानिस्टरसमेत प्रहार गरेका थिए ।
जसबाट गाडीको सिसा फुटेर बोकाका केही खेलाडी घाइते भएका छन् । बोका कप्तान पाब्लो पेरेजसहित अन्य ४ जना खेलाडी घाइते भएको बताइएको छ । अहिले अर्जेन्टिना र बाहिर पनि यस घटनाको आलोचना भइरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४