शनिबार, साउन ९, २०८३

युभेन्टसमा रोनाल्डोले बनाए एकसाथ दुई रेकर्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- यसै सिजन रियल मड्रिडबाट युभेन्टस पुगेका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले युभेन्टसमा एकसाथ दुई रेकर्ड बनाएका छन् । उनले युभेन्टसको इतिहासमै डेब्यु सिजनमा १० गोल गर्ने पहिलो खेलाडीको रेकर्ड बनाएका छन् । 

यसअघि कुनै पनि खेलाडीले डेब्यु (पहिलो) सिजनमा १० गोल गर्न सकेका थिएनन् । त्यस्तै अर्को रेकर्ड रोनाल्डो सन् २०१८ मा ३९ गोलमा सहभागी भएका छन् । उनले ३१ गोल गरेका छन् भने ८ गोलका लागि असिस्ट गरेका छन् । 

यससँगै रोनाल्डोले बार्सिलोनाका लिओनल मेस्सी र लुइस स्वारेजले युरोपका शीर्ष पाँच लिगका बनाएको सो रेकर्डसँग रोनाल्डोले पनि बराबरी गरेका छन् । यो लिग फुटबलको मात्रै तथ्यांक हो । 

उनले सिरी ‘ए’मा युभेन्टसका लागि ९ गोल गरेका छन् भने एक गोल च्याम्पियन्स लिगमा गरेका छन् । उनले ६ गोलका लागि खसिस्ट समेत मिलाएका छन् ।

 इटाली गएपछि अफिसियल खेलमा १० गरेका ३३ वर्षीय रोनाल्डो अब युभेन्टसको इतिहासमै डेब्यु सिजनमा १० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । शनिबार राति युभेन्टसले एसपिएललाई २-० ले हराउने क्रममा १ आकर्षक गोल गरेका रोनाल्डोले दोस्रो गोलमा पनि भूमिका खेलेका थिए । 

इटाली पुगेयता सुरुआती ३ खेलमा गोलविहीन बनेका रोनाल्डोले त्यसयता लगातार गोल र असिस्ट गदै आइरहेका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।