शनिबार, साउन ९, २०८३

नर्सिङ कलेजमा जुवाको खाल : १४ समातिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–पोखराको एक नसिंङ कलेजमा जुवा खेल्ने १४ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका ९ नयाँबजारमा पूर्णबहादुर श्रेष्ठले सञ्चालन गरेको नसिंङ कलेजमा जुवातास खेल्नेलाई प्रहरीले पक्राउ गरेको हो । 

कलेजमा जुवातास खेलिरहेको खबर पाएको प्रहरीले छापा मार्दा कलेजका सञ्चालकसहित अन्य पेशेवर जुवाडेलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता रबीन्द्रमान गुरुङले जानकारी दिए ।

पोखराको दुई स्थानमा छापामार्दा १४ जना जुबाडेबाट चार लाख ३२ हजार तीन सय ९० रुपैयाँ नियन्त्रणमा लिएको पनि गुरुङले बताए । पक्राउ पर्नेमा मार्गदर्शन एकेडेमीका सञ्चालक पोखरा महानगरपालीका–९ का ५८ बर्षीय पुर्णबहादुर श्रेष्ठ, अमरसिंह चोकका ५८ बर्षीय मीनबहादुर बराल, ६० बर्षीय भरतकाजी ढुङगाना, नयाँबजारका ४५ बर्षीय सोभीत केसी, महेन्द्र पुलका ५४ बर्षीय लेखनाथ बास्तोला, ५५ बर्षीय राजु श्रेष्ठ, बिरौटाका ४२ बर्षीय केशब थापा, तनहु शुक्लागण्डकी नगरपालीका–१ का ४७ बर्षीय जस गुरुङ, ५१ बर्षीय रामबहादुर गुरुङ छन।


त्यस्तै पोखरा महानगरपालीका–१७ काउसेघारीस्थित दीपेन्द्र पौड्यालको घरमा जुवा खेलिरहेका स्याङजा आँधिखोला गाँउपालीका–२ का ४० बर्षीय घरधनी दिपेन्द्र पौड्याल, कास्की बिरौटाका ३७ बर्षीय कृष्ण अर्याल, स्याङजा पुतलीबजार–५का प्रकाश रेग्मी, बर्ष ३३ का राजु रेग्मी र कास्की रुपा गाँउपालीका–१ का ३७ बर्षीय अम्बर केसी पक्राउ परेका छन ।

उनीहरुलाई जुवा ऐन अन्तर्गत कारबाही गरिने कास्की प्रहरीले जनाएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।