शनिबार, साउन ९, २०८३

रामजानकी विवाहोत्सवलाई भव्य बनाउने तयारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम-प्राचिन मिथिलाको राजधानी जनकपुरमा रामजानकी विवाहोत्सवको तयारीले तिव्रता पाएको छ । त्रेतायुगमा भगवान राम र सीताको विवाहसम्पन्न भएको मान्यताका साथ यहाँ हरेक वर्ष उल्लास र श्रद्धापूर्वक विवाह पञ्चमीका दिन विवाहोत्सव मनाउने परम्परा रहेको छ ।

भगवान राम अयोध्याबाट जनकपुर आएर शिव धनुष तोडेपछि राजा जनककी छोरी सीतासँग विवाह सम्पन्न भएको मान्यता अनुसार भव्य रुपले विवाहोत्सव  मनाइन्छ ।

२६ मंसिरमा मनाइने रामजानकी विवाहोत्सवलाई भव्यता प्रदान गर्न जानकी मन्दिरदेखि प्रदेश सरकार अहिले तयारीमा जुटेको छ । यस वर्ष विवाहोत्सवमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहभागी हुने भएपछि थप भव्यता दिने तयारी गरिएको छ ।

हालसम्म तय कार्यक्रम अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी जन्तीको नेतृत्व गर्दै विवाहोत्सवमा सहभागी हुने जानकी मन्दिरका छोटे महन्त रामरोशन दासले जानकारी दिए । उत्तर प्रदेशका मुख्यमन्त्री योगीको रामजानकीको स्वयंभरमा सहभागी हुने प्रमुख कार्यक्रम रहेको महन्त दासले बताए । रामजानकी विवाहोत्सवको अवसरमा भारतको अयोध्याबाट हरेक वर्ष साधुसन्तहरु जन्ती बनेर जनकपुर आउने गरेका छन् । तर, हरेक पाँच वर्षपछि विवाहोत्सवमा अयोध्याबाट विशेष जन्ती आउने परम्परा छ ।

२६ मंसिरमा निजी विमानबाट बिहान १० बजे योगीको जनकपुर पुग्ने कार्यक्रम रहेको बताइएको छ । जनकपुर विमानस्थलबाट योगीको जानकी मन्दिर पुगेर पूजाअर्चनापछि रंगभूमि मैदानमा स्वयंभर कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको जानकी मन्दिरका महन्त दासले जानकारी दिए ।

स्वयंभरपछि योगीको मधेश भवनमा आयोजना हुने सम्मान कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ । मधेश भवनमा मुख्यमन्त्री राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीको सम्मानमा दिवा भोज आयोजना गर्ने कार्यक्रम छ । मुख्यमन्त्री योगीसहित जन्ती बनेर आएका साधुसन्तहरुका लागि दिवा भोजको कार्यक्रम प्रदेश सरकारले राखेको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी जनकपुर आउने भएपछि प्रदेश सरकारले यस वर्षको विवाह पञ्चमीलाई थप ऐतिहासिक बनाउन जुटेको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रमुखहरुको टोलीले रंगभूमि मैदान तथा जानकी मन्दिर परिसरलगायतका स्थानहरुको स्थलगत निरीक्षणसमेत गरेको छ ।

विवाहोत्सवमा सप्ताहव्यापी कार्यक्रम 

मुलुक संघीयतामा गएपछि प्रदेशको राजधानी जनकपुरमा पहिलो पटक हुन लागेको रामजानकी विवाहोत्सव साताव्यापी कार्यक्रमका साथ मनाइँदै छ । विवाहोत्सवको अवसरमा सात दिनसम्म मनाइने विभिन्न कार्यक्रम जानकी मन्दिरले सार्वजनिक गरिसकेको छ ।

२१ मंसिर देखि २७ मंसिरसम्म मिथिला परम्परा अनुसार विभिन्न वैवाहिक कार्यक्रमहरु जानकी मन्दिरले सार्वजनिक गरेको हो । जस अनुसार २१ गते जनकपुर नगर दर्शन, २२ गते फुलबारी लीला, २३ गते धनुषयज्ञ, २४ गते तिलकोत्सव, २५ गते मटकोर, २६ गते शुभविवाह र २७ गते विवाहोत्सवको समापनमा रामकलेबा जस्ता कार्यक्रमहरु छन् । रामजानकी विवाहोत्सवमा सहभागी हुन् नेपाल तथा भारतका विभिन्न स्थानबाट लाखौंको संख्यामा श्रद्धालुहरु जनकपुर पुग्ने गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।