नबिल बैंकले व्यक्तिगत बचत खाता ग्राहक वर्गको हितलाई मध्यनजर गर्दै मेटलाईफ वीमा कम्पनिसगंको सहकार्यमा तीन लाखको घातक रोग व्ँीमा तथा ७५ हजार रुपैयाँको मृत्यू लाभ वीमाको योजना ल्याएको छ ।
यो योजना मंसिर ९ गते देखि लागू हुने गरी नबिल बैंकको तर्फबाट बैंकका डेपुटि जेनेरल मेनेजर रमेश प्रसाद लोहनी र मेटलाईफ वीमा कम्पनीको तर्फबाट प्रमुख संचालन अधिकृत राम कुमार यादवबीच सम्झौता भएको छ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, मेटलाईफ वीमा कम्पनीका महाप्रबन्धक निर्मल काजी श्रेष्ठ तथा दुवै संस्थाको उच्च व्यवस्थापन कर्मचारीहरुको उपस्थीतीमा यो योजना घोषणा गरिएको छ ।
बैंकले दैनिक मौज्दात २५ हजार वा वढि राख्ने जुनसुकै प्रकारका नेपाली मुद्राका व्यक्तिगत बचत खातावालाहरुलाई मेजर क्यान्सर, हृदयघातलगायतका १३ वटा घातक रोगहरुको उपचारार्थ तीन लाखको वीमा गरेको छ ।
उक्त १३ वटा मध्ये कुनै पनि घातक रोग लागेको निवेदन उपर निदानसहितको आवश्यक प्रमाण पूरा भएको अवस्थामा तीन लाखको बीमा रकम तत्काल भुक्तानी हुने यो योजनाको प्रमुख विशेषता छ । साथै बचतकर्ताको अन्य कारणले निधन भएमा ७५ हजार रुपैयॉको वीमांक रकम समेत यो योजनाले सुरक्षित गरेकोछ ।
यस योजनामा सामिल हुन व्यक्तिगत बचत खाता ग्राहकहरुको उमेर योजनामा सामिल हुंदाको समयमा १६ वर्ष पूरा भई ६५ वर्ष नपुगेको हुनु पर्नेछ । ग्राहक स्वयंले यस्तो वीमा गर्नु पर्दा बढि प्रिमियम भुक्तानी गर्न पर्ने हुन्छ तर बैंकको यस योजनामा सामिल हुंदा वीमा प्रिमियमको खर्च बैंक स्वयंले व्यहोर्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४