शनिबार, साउन ९, २०८३

गौराँती भीमसेनको भव्य जात्रा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–४ स्थित गौराँती भीमसेन मन्दिरमा धुमधामका साथ जात्रा मनाइएको छ । कात्तिक शुक्ल पूर्णिमादेखि तीन दिनसम्म मनाइने यो चौताराको सबैभन्दा ठूलो जात्रा हो ।

चौतारामा रहेका भीमसेन र गौराँती भीमसेन दाजुभाइ मानिन्छन् । यही कारणले जात्राको अन्तिम दिन आइनबार गौराँती मन्दिरमा चौतारादेखि रथ लाने गरिएको छ ।

तीन दिनसम्म मनाइने जात्राको अन्तिम दिन आइतबार गौराँती भीमसेनमा लगेका रथ टोलटोल तथा घरघरमा लगी पूजा गरिन्छ । जात्रामा सिन्धुपाल्चोकका विभिन्न गाउँ, दोलखा, काभ्रे र काठमाडौं उपत्यकाबाट समेत श्रद्धालु पुग्ने गर्छन् ।

जात्राको पहिलो दिन गौराँती भीमसेन मन्दिरमा महादीप बालेर जाग्राम बस्ने, दोस्रो दिन गौराँतीमा पूजाआजा गर्ने र तेस्रो दिन सिन्दूर जात्रा गरी जात्रा समापन गरिन्छ ।

पशुबलिका लागि पनि यो जात्रा निकै प्रख्यात छ । गौराँती गुठी संस्थाका सदस्य चन्द्र श्रेष्ठका अनुसार केही वर्षअघि मुख्य मन्दिरमा नदिई मन्दिर परिसरमा बलि दिँदा त्यहाँ  चट्याङ, हावाहुरी र रोगव्याधले सताएको थियो ।

मन्दिरमै बलि नचढाउनाले यस्तो समस्या आएको तान्त्रिकको सल्लाहपछि  मुख्य मन्दिरमै बलि दिन थालेको उनले जानकारी दिए ।

जात्रामा करिब ५० हजारदेखि एक लाख भक्तजनले भीमसेनको दर्शन गरेको जात्रा आयोजकले जनाएको छ ।



तस्बिरः यज्ञरत्‍न बज्रचार्य
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।