शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विश्‍व कीर्तिमानका लागि १२६ घन्टा नाच्दैछन् बन्दना (भिडियो)

विश्‍व कीर्तिमानका लागि १२६ घन्टा नाच्दैछन् बन्दना (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – नेपाली चेली वन्दना नेपाल यतिबेला ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ का लागि नृत्य गरिरहेकी छन्। धनकुटा महालक्ष्मी नगरपालिका मूर्तिढुंगा–९ मा जन्मिएकी १७ वर्षीया वन्दना १२६ घन्टा नृत्य गरेर वल्र्ड रेकर्ड कायम गर्ने उद्देश्यका साथ काठमाडौं बत्तीसपुतलिस्थित बिगमार्टमा नृत्य गरिरहेकी छन्।

नेपाली कला संस्कृतिलाई विश्वमा चिनाउन उनी मंसिर ७ गते विहान ९ बजेदेखि नृत्य गरिरहेकी छन्। वन्दना सानैदेखि नृत्यमा औधी रुचि राख्थिन् । उनको नृत्य पनि उत्कृष्ट रहेकाले वल्र्ड रेकड राख्न सफल हुनेमा आफूहरू आशावादी वन्दना नेपाल फाउन्डेसनका सहसंयोजक सन्तोष लामाले बताए।

‘वन्दनामा केही फरक गर्न चाहने ऊर्जाशील युवती हुन्’, लामाले भने । उनी डान्स सिक्न बेङ्लोर गएकी थिइन् । बेङ्लोरमा डान्स सिक्ने क्रममा उनले १२३ घन्टा १६ मिनेट डान्स गरेर भारतको केरालाकी मण्डलम हेमलथाले वल्र्ड रेकर्ड राखेको कुरा थाहा पाइन् । त्यसपछि उनले त्यो रेकर्ड तोड्ने अठोट बोकेकी थिइन् ।

वन्दनाले हेमलथाको रेकर्ड तोड्न सक्नेमा आफूहरु विश्वस्त रहेको लामाले बताए।
भिडियो हेर्नुहोस्






 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।