शनिबार, साउन ९, २०८३

राष्ट्रव्यापी कविता प्रतियोगितामा पोखराका सुदर्शन प्रथम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – ‘कुष्ठरोगरहित नेपालको परिकल्पनाका लागि’ भन्दै इसोसिएसन फर आइडिया नेपालले द लेप्रोसी मिसन नेपालसँगको समन्वयमा आयोजना गरेको राष्ट्रव्यापी कविता प्रतियोगितामा पोखराका कवि सुदर्शन पौडेल प्रथम भएका छन्। उनले लेखेको ‘कुष्ठरोगी विचार’ शीर्षकको कविता प्रथम भएको हो। योसँगै कवि पौडेलले २० हजार नगद प्राप्त गरेका छन्।

यस्तै लम्जुङका कवि प्रज्वल अधिकारीको कविता ‘आत्मालाप’ले दोस्रो हुँदै १५ हजार हात पा-यो भने झापाका कवि निरज दाहालको ‘घरभित्र’ तथा उदयपुरका कवि हिमालय पौडेलको कविता ‘कुष्ठरोगविरुद्ध हामी’ तेस्रो भयो। कविद्वयएले जनही १० हजार हात पारे।

नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा आयोजित उक्त कार्यक्रममा छानिएका २० कविबीच प्रतियोगिता भएको थियो। वरिष्ठ कवि गोपाल पराजुली, कवि भीष्म उप्रेती तथा समालोचक राजकुमार बराल निर्णायक भूमिकामा थिए।  प्रतियोगितामा केही कुष्ठरोग प्रभावित कविहरूको पनि सहभागीता रहेका आइडिया नेपालका अध्यक्ष अमर तिमल्सिनाले बताए। 

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले कुष्ठ प्रभावित भएका व्यक्तिहरूको हक र आत्मसम्मान रक्षाको दिशामा रहेका कानुनी अडचन हटाउन आफूले सहयोग गर्ने बताए। एन–प्याब्सनका राष्ट्रिय अध्यक्ष रितुराज सापकोटाले स्कुलस्तरदेखि नै कुष्ठरोग बारेको आवश्यक चेतना फैलाउनुपर्ने बताए। स्वास्थ्य सेवा विभागका क्षयरोग तथा कुष्ठरोग अधिकृत महेशकुमार पुरीले विभागले यस प्रकारका कार्यक्रमहरूलाई सदैव प्रोत्साहित गर्ने बताएका थिए। प्रतियोगिताको संयोजन साहित्यकार महेश पौड्याल गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।