काठमाडौं-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीको नयाँ विधानको मस्यौदा पेस भएको छ । कांग्रेस केन्द्रीय कार्यालय आइतबार सानेपामा बसेको केन्द्रीय समिति बैठकमा विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले समितिको प्रतिवेदन पेस गरेका हुन् । विधानको मस्यौदामा केन्द्रीय सदस्य संख्या बढाएर १४१ सदस्यीय बनाउन प्रस्ताव गरिएको छ। अहिले कांग्रेस केन्द्रीय समितिमा ८५ जना रहने व्यवस्था छ।
।
कांग्रेस प्रवेश गरेर हालै उपसभापतिमा मनोनित भएका विजय गच्छदारको पदबारे भने विधानको मस्यौदा मौन छ । नयाँ विधानको मस्यौदाले गच्छदारको उपसभापति पदलाई वैधानिकता दिएको छैन। विधानमा एकजना उपसभापतिको व्यवस्था छ। निर्वाचित केन्द्रिय सदस्य उपसभापति तथा महामन्त्रीलगायतका पदाधिकारीमा मनोनित हुने व्यवस्था छ।
गच्छदार अहिले कांग्रेसको निर्वाचित सदस्य होइनन्। विधानअनुसार पहिले नै देउवाले निर्वाचित केन्द्रिय सदस्य विमलेन्द्र निधिलाई उपसभापतिमा मनोनित गरेका थिए। हालै राजनीतिक निर्णय भन्दै देउवाले गच्छदारलाई उपसभापति मनोनित गरेपछि पार्टीभित्रै पनि विवाद उठेको थियो।
प्रस्तावित विधानमा पदाधिकारीको संख्या फेरबदल गर्ने प्रस्ताव गरिएको छ भने पार्टीको आन्तरिक संरचनामा परिवर्तन गर्न खोजिएको छ।विधानको मस्यौदाबारे पार्टीको आगामी १३ गते बस्ने केन्द्रीय समिति बैठकमा छलफल हुनेछ।
नयाँ विधानको मस्यौदामा कांग्रेसका केन्द्रीय सदस्यहरु मिनेन्द्र रिजाल, नवीन्द्रराज जोशी र प्रदीप पौडेलले फरकफरक मत पेस गरेका छन्।
कांग्रेसको केन्द्रीय समिति बैठकमा पेस भएको पार्टीको विधान मस्यौदा यस्तो छ :-
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४