सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • विश्वका मुसलमान समुदायलाई अमेरिकाविरुद्ध एकतावद्ध बन्न इरानको आग्रह

विश्वका मुसलमान समुदायलाई अमेरिकाविरुद्ध एकतावद्ध बन्न इरानको आग्रह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
इरान – विश्वभरका मुसलमान समुदायलाई अमेरिकाविरुद्ध एक बन्न शनिबार इरानी राष्ट्रपति हसन रौहानीले आग्रह गरेका छन्।

साउदी नागरिक तेहरानका ‘दाजुभाई’ भएको भन्दै तेहरानसँग नडराउन साउदी जनतासँग रौहानीले अपिल गरेका छन्। अमेरिकासहित बेलायत, जर्मनी, फ्रान्स, चीन र रुसले समेत हस्ताक्षर गरेको सम्झौताबाट गत मेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरु सम्झौताबाट पछि हटेको घोषणा गरेर इरानामथि कठोर आर्थिक प्रतिबन्धको घोषणा गरेपछि इरानले विश्वभरका मुसलमानलाई अमेरिकाविरुद्ध एक भएर अघि बढ्न आग्रह गरेको हो।

अमेरिकासँग उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) मा सहकार्य गर्दै आएका युरोपेली राष्ट्रहरु इरानसँगको सम्झौतामा प्रतिवद्ध रहने भनेपछि अमेरिका उक्त बिषयमा यूरोपबाट एक्लिएको छ।

तर कतिपय यूरोपेली कम्पनीहरू हाल आएर यसमा अडिग रहँदा अमेरिकासँगको सम्बन्धमा असर पर्ने आशंकाले चिन्तित देखिन्छन्। ‘अमेरिकाले हाल मध्यपूर्वलाई दास बनाउन खोजेको छ,’ इरानी राष्ट्रपति रौहानीले तेहरानमा आयोजित मुसलमान एकता सभालाई सम्बोधन गर्दै बताए।

इजरायललाई मुसलमान समुदायमा क्यान्सर रोगको ट्युमरको सज्ञा दिँदै उनले भने, ‘अपराधीलाई रातो कार्पेट विछ्याइदिनुभन्दा मुसलमान सरकारहरू एक भएर अमेरिकाको विरोध गर्नु आजको आवश्यकता हो।’ सिया समुदायको सुन्नी प्रतिस्पर्धी साउदी अरबलाई अमेरिकाबाट लिने सैन्य सहयोग त्याग्न अनुरोध गर्दै र हामी साउदी अरबको हितका लागि सुरक्षा दिन र ‘आतङ्कवाद’ र महाशक्तिसँग सम्पूर्ण मुसलमानको शक्तिलाई एकवद्ध गर्न नेतृत्व गर्न तयार रहेको रौहानीले बताए।

प्रसिद्ध सिया धर्मगुरुलाई मृत्युदण्ड दिएको घटनापछि साउदी अरबको इरानस्थित कुटनीतिक नियोगमा भएको इरानी मुसलमानले गरेको आक्रमणसँगै रियादले सन् २०१६ को जनवरीदेखि कुटनीतिक सम्बन्ध तोडेको छ। साउदी अरबले खाडी मुलुकका सियाहरूलाई विवादमा फसाएको भन्दै इरानमाथि आरोप लगाउँदै आएको थियो। त्यसपछि रियाद र तेहरानले यमन र सिरियामा भएको गृहयुद्धमा परस्पर विरोधी समूहलाई सघाउन थालेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।