शनिबार, साउन ९, २०८३

मेयरले घरमै पुगेर अपांगलाई दिए जागिर 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- इटहरी–२ सहरभित्रको ग्रामीण क्षेत्र । जहाँ दुवै खुट्टा नचल्ने मानबहादुर भुजेल बस्छन् । शारीरिक अपांगता भएका भुजेलको जीवन निकै कष्टकर छ । उनको कम्मरमुनि चल्दैन । 

कतिसम्म भने उनी शौचालय जान पनि सक्दैनन् । इटहरीको जनता क्याम्पसमा मानविकी संकायमा स्नातक तेस्रो वर्ष अध्ययनरत उनी अपांगतामैत्री शौचालय नभएर दुःख पाएको बताउँछन् । 

‘मैले स्कुलमा पनि शौचालय प्रयोग गर्न पाइनँ’, १९ वर्षको उमेरमा मात्रै विद्यालय टेकेका भुजेल भन्छन्, ‘कलेजमा पनि दिसापिसाबले च्याप्यो कि कक्षा छाडेर घर पर्किहाल्छु ।’ उनी ८० वर्षीय बाबु र ७५ वर्षीय आमासँगै बस्दै आएका छन् । तर, इटहरीका मेयरले घरमै आएर जागिर दिएपछि अहिले भुजेल दंग छन् । उनी भन्छन्, ‘इटहरीका मेयरले घरमै आएर जागिर दिनुहुन्छ भन्ने कहिल्यै सोचिनँ । अब जीवनप्रति आशा पलाएको छ ।’ 

यसरी  मिल्यो भुजेललाई जागिर

पछिल्ला केही दिन इटहरीका मेयर द्वारिकलाल चौधरी गाउँ दौडाहामा छन् । उनी विभिन्न वडामा पुगेर त्यहाँका स्थानीयसँग विकास निर्माणसहित व्यक्तिगत छलफल गर्छन् । यसै क्रममा गत साताको एकाबिहानै चौधरी इटहरी–२ को देउराली चोकमा रहेको भुजेलको घरमा पुगे । 

भुजेललाई देखेर मेयर चौधरीले सोधे, ‘तपाईंलाई कस्तो छ ?’ भुजलले भने, ‘मेरो योग्यता र क्षमताले भ्याउने जागिर मिलाइदिए हुन्थ्यो ।’ भुजेलको  प्रस्तावमा चौधरी सकारात्मक भए । चौधरीले भने, ‘लु कागजपत्र लिएर उपमहानगरपालिका आउनुहोस्, तपाईंको जागिर पक्का भयो ।’
       
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।