काठमाडौं- लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आइतबारबाट सुरु भएको छ । ‘लैङ्गिक हिंसा र दुर्व्यवहारः छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ दिवसमने सुरुवात गरिएको हो ।
अभियानका क्रममा दुई दिनसम्म सातै प्रदेशका, प्रदेशसभा सांसद, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सामाजिक विकास मन्त्रालयका मन्त्री, सचिव र सरोकारवाला निकायसँग अन्र्तक्रिया गरिने राष्ट्रिय महिला आयोगले जनाएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा सन्देश दिँदै प्रधानमन्त्री केपी ओलीले महिलाविरुद्ध हुने सबै किसिमका हिंसाप्रति शून्य सहनशीलताको नीति लिइएको दाबी गरेका छन् ।
हरेक नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ । अभियानको क्रममा विभिन्न संघसंस्थाले पदयात्रा, अन्तर्क्रिया, गोष्ठी, सार्वजनिक सुनुवाई र सञ्चारमाध्यममा चेतनामूलक कार्यक्रम गर्दैछन् ।
लैङ्गिकताको आधारमा हुने सबै प्रकारका हिंसा र अपराध अन्त्य गर्न यो अभियान सुरु भए पनि लैगिंक हिंसाका घटना भने रोकिएका छैनन् । विश्वमा सन् १९९१ देखि र नेपालमा २०५४ सालदेखि अभियान सुरु गरिएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४