बुधबार, चैत १८, २०८२

वाट्फोर्डमाथि लिभरपुलको फराकिलो जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई पराजित गरेको छ । १० खेलाडीमा समेटिएको लिभरपुलले वाट्फोर्डलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । 

यस जितसँगै लिभरपुलले प्रिमियर लिगमा अपराजित यात्रा कायम राखेको छ । लिभरपुलको जितमा मोहम्मद सलाह, ट्रेन्ट एलेक्जन्डर आर्नाल्ड र रोबर्टा फिर्मिनोले गोल गरेका थिए । 

वाट्फोर्डको खेल मैदानमा प्रतिस्पर्धात्मक बनेको खेलमा लिभरपुलले सबै तीन गोल दोस्रो हाफमा गरेको थियो । ६७ औं मिनेटमा मोहम्मद सलाहले साडियो मानेको पासमा गोल गरेपछि लिभरपुलले खेलमा १-० को अग्रता बनायो । 

७६ औं मिनेटमा ट्रेन्टले गोल गरेपछि लिभरपुलको अग्रता दोब्बर बन्यो । ८२ औं मिनेटमा लिभरपुल १० खेलाडीमा समेटिएको थियो । लिभरपुलका जोर्डन हेन्डरसन दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएको थिए । 

१० खेलाडीमा समेटिएपनि लिभरपुलले अर्का एक गोल गर्न सफल भयो । ८९औं मिनेटमा रोबर्टा फिर्मिनोले गोल गर्दै लिभरपुललाई फराकिलो जित दिलाए । जितपछि लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अग्रता २ अंकमा घटेको छ । अपराजित रहेको लिभरपुलको १३ खेलबाट ३३ अंक छ । वाट्फोर्ड २० अंक जोडेर नवौ स्थानमा छ ।

प्रिमियर लिगका अन्य खेलका नतिजा

ब्राइटन विरुद्ध लेस्टर सिटी (१-१)
एभर्टन विरुद्ध कार्डिफ सिटी (१-०)
फुलहम विरुद्ध साउथह्याम्टन (३-२)
म्यानचेस्टर युनाइटेड विरुद्ध क्रिस्टल प्यालेस (०-०)
म्यानचेस्टर सिटी विरुद्ध वेस्टह्याम युनाइटेड (४-०)
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।