शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कपिलवस्तु तनावग्रस्त : चौधरी हत्याको विरोधमा पाण्डेयको घरमा आगजनी

कपिलवस्तु तनावग्रस्त : चौधरी हत्याको विरोधमा पाण्डेयको घरमा आगजनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
तौलिहवा- शुक्रबार राति गोली प्रहारबाट हत्या गरिएका स्थानीय नेता राजाबाबु चौधरीको हत्याको आरोप लागेका शुद्धोधन गाउँपालिका–४ मोतीभारीका अजित पाण्डेयको घरमा आगजनी गरिएको छ । 

स्थानीय नेता चौधरीको हत्या अजित पाण्डेयले गरेको भन्दै हत्याको विरोधमा पाण्डेयको मोतीभारीस्थित दुई तल्ले घर, गोठ, गोदाम आगजनी गर्दा करीब रु २ करोड बराबरको धनमाल क्षति भएको छ । 

हत्याको विरोध गर्दै मृतक चौधरीका आफन्तजन, समर्थक र सर्वधारणले सो आगजनी गरेका हुन् । हत्याको आरोपी पाण्डेयको घरमा रहेको एक थान ट्याक्टर, एक थान हार्वेस्टर कम्बाइन, चार थान मोटरसाइकलमा आगजनी हुँदा उक्त धनमाल जलेर पूर्ण नष्ट भएको छ । 

यसैगरी आक्रोशित भीडले आरोपी पाण्डेको घरमा आगजनी गर्ने प्रयासलाई नियन्त्रणमा लिन खोज्दा सर्वसाधारण र प्रहरीबीच झडपसमेत भएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताए । 

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन बढी हवाई फायर गरेको छ । झडपका कारण सशस्त्र प्रहरी निरीक्षक गोविन्द श्रेष्ठको हातमा चोट लागेको छ भने थप दुई प्रहरी पनि सामान्य घाइते भएका छन् । 

आक्रोशित भीडले हत्याको विरोधमा हत्या आरोपी पाण्डेयको सो गाउँपालिका लवनी चौकमा रहेको परमिला आयल सेन्टरमा आगजनीको प्रयास गरेका थिए। पेट्रोल पम्पको सुक्षाका लागि तैनाथ नेपाल प्रहरी, शशस्त्र प्रहरीले भिडलाई रोकेको थियो । 

हत्या आरोपी पाण्डेय पक्राउ नपर्दासम्म मृतक परिवारले शवको दाह संस्कार नगर्ने जनाएका छन् । स्थितिलाई नियन्त्रणमा लिन र वार्ताको प्रयास गर्न प्रहरी प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेल, शशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारी, नेपाल प्रहरीका उपरीक्षक अच्युतम पुडासैनीलगायतको टोली घटना स्थल लवनीमा छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।