बुधबार, चैत १८, २०८२

नेयमार र एमबाप्पे विनाको पिएसजी विजय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- शनिबार राति भएको लिग वानमा साविकको विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) विजय भएको छ । पिएसजी टुलुसमाथि १-० ले विजय भएको हो । 

घरेलु मैदानमा नेयमार र केलियन एमबाप्पे बिना मैदान उत्रिएको पिएसजीका लागि एडिन्सन काभानीले निर्णायक गोल गरे । काभानीले खेलको ९ औं मिनेटमा गरेको गोल नै पिएसजीको जितमा निर्णायक बन्यो । 

यस जितसँगै पिएसजीको फ्रेन्च लिग वान फुटबलमा अपराजित यात्रा कायम राहेको छ । पिएसजीले लिग वानमा १४ औं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । टुलुसविरुद्ध घाइते भएका कारण नेयमार र एमबाप्पे मैदान उत्रिएनन् । 

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत क्यामरुनसँगको खेलमा नेयमार घाइते भएका कारण मैदान उत्रिएनन् । त्यस्तै एमबाप्पे पनि उरुग्वेविरुद्धको खेलका दौरान घाइते भएका थिए । यो जितसँगै पिएसजीले १४ खेलबाट ४२ अंक जोडेको छ ।

र, दोस्रो स्थानको लियोन भन्दा १५ अंकले अघि रहेको छ । पराजित टुलुस १४ अंक जोडेर १५ औं स्थानमा रहेका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।