बुधबार, चैत १८, २०८२

युभेन्ट्सको जितमा रोनाल्डोको गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- शनिबार राति भएको इटालियन सिरी ‘ए’ अन्तर्गत शीर्ष स्थानको युभेन्ट्सले एसपीएएललाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई जारी राखेको छ । युभेन्टसले एसपीएएललाई २-० गोल अन्तरले पराजित गर्दै आफ्ना् अपराजित यात्रा जारी राखेको हो । 

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र मारियो मान्जुकीचले १-१ गोल गरे । खेलको २८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोल मार्फत युभेन्ट्सले खेलमा अग्रता लिएको थियो । 

उनले मिरालेम प्यानिचको फ्रिकिकलाई सदुपयोग गर्दै सहजै गोल गरेका थिए । पहिलो हाफमा १-० को अग्रता बनाएको युभेन्ट्सले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको ६० औं मिनेटमा टोलीको कप्तानी सम्हालिरहेका मान्जुकीचले अग्रता दोब्बर पारे । 

उनले गोलरक्षक गोमिसले बचाउन नसक्दा फर्केर आएको बलमा गोल गरेका थिए । ८१ औं मिनेटमा रोनाल्डोको प्रहर पोस्टभन्दा थोरै बाहिर गएको थियो । यस नतिजासँगै युभेन्ट्सको १३ खेलमा १२ जित र १ बराबरीसँगै ३७ अंक भएको छ । 

युभेन्ट्सले लिगको प्रत्यक खेलमा गोल गर्ने रेकर्डलाई कायम नै राखेको छ । दोस्रो स्थानमा रहेको नेपोलीको १२ खेलमा २८ अंक छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।