शनिबार, साउन ९, २०८३

रोकिएन मरिच तस्करी, चार महिनामै एक अर्बको आयात

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगंज- नेशनल लेदरका संचालक र वीरगंज भन्सारका अभिकर्तालाई मरिच तस्करीको आरोपमा राजश्व अनुसन्धानले नियन्त्रणमा लिएपछि रोकिएको मरिच तस्करी पुनः शुरू भएको छ।

तेश्रो ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌मुलुकबाट आयातित मरिच अवैध रूपमा भारतीय बजारमा बिक्री गर्ने धन्दामा वीरगंजका ठूला भनिएका केही व्यापारी नै सकृय छन् । सस्तो मूल्यमा आयातित मरिच संगठित तस्करीको माध्यमबाट सीमावर्ती भारतीय बजारमा पुर्याउने धन्दामा दुबै तर्फका व्यापारीको सहभागिता र प्रहरीको संरक्षण रहेको स्थानीयको गुनासो  छ । 

स्थानीय बजारमा प्रतिकिलो ६ सय रुपैयाँ पर्ने मरिच भारतीय बजारमा पुर्याइएपछि एक हजार रुपैयाँमा बिक्री हुन्छ । एक किलो परिमाणमा ४ सय रुपैयाँसम्मको फाइदा हुने भएकाले सीमा नजिकैको ग्रामीण  सीमाक्षेत्रका सर्वसाधारण समेत मरिचको पोके तस्करीको धन्दामा संलग्न भएका छन्  ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ४ महीनामा ९६ करोड ७७ लाख रुपैयाँको २ हजार ५ सय ४० मेट्रिकटन मरिच आयात भएको छ । आव  ०७४०७५ मा सुक्खा बन्दरगाह भन्सारबाट २ अर्ब ४२ करोड ४५ लाख रुपैयाँ बराबरको ६ हजार ३ सय ७५ मेट्रिकटन मरिच भित्रिएको थियो ।

स्वदेशी बजारमा वार्षिक ५ सय मेट्रिकटन माग भएको कारोबारीहरूको अनुमान छ। नेपाली भान्सामा दैनिक प्रयोगमा आउने मसलामा अन्य मसलाभन्दा महँगो हुने भएकोले मरिचको खपत न्युन छ। 

 गत जेठमा वीरगंज भन्सार नाकाबाटै पशुको छाला भन्दै १२ मेट्रिक टन मरिच तस्करी गरिरहेको अवस्थामा प्रहरीले ट्रक नियन्त्रणमा लिएपछि यहाँ केही समय मरिचको आयात र तस्करी दुबै ओरालो लागेको थियो

 प्रहरी उपरिक्षक रेवती ढकालले मरिच, गाँजा लगायतको तस्करी नियन्त्रणका लागि आवश्यक निगरानी भइरहेको बताए । उनले भने, हामीले सीमाबाट ठूलो परिमाणमा मरिच बरामद समेत गरेका छौं।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्