शनिबार, साउन ९, २०८३

डेम्वेलेको गोलमा बार्सिलोनाले मड्रिडसँग बराबरी खेल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- शनिबार राति भएको ला लिगामा बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग बराबरी खेलको छ ।  खेलको इन्जुरी समयमा औसमाने डेम्वेलेको गोल मद्दतमा बार्सिलोना एथ्लेटिको म्याड्रिडसँग बार्सिलोनाले १-१ को बराबरी खेलको हो । 

एथ्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा प्रतिस्पर्धात्मक बनेको खेलको इन्जुरी समयमा डेम्वेलेले गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको थियो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । 

घरेलु टोली एथलेटिकोले ७७ औं मिनेटमा डिएगो कोस्टाको गोलबाट खेलमा अग्रता लिएको थियो । उनले एन्टोइन ग्रिजमनको पासलाई सहि सदुयिोग गर्दै गोलमा परिणत गरेका थिए । 

जित नजिक पुगेको एथ्लेटिको अन्तिम मिनेटमा सम्हालिन नसक्दा गोल खान पुग्यो । ९० औं मिनेटमा औसमाने डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए । उनले कप्तान लियोनेल मेस्सीको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । 

बराबरीपछि शीर्षस्थानमा रहेको बार्सिलोनाको १३ खेलबाट २५ अंक पुगेको छ । एथ्लेटिकोको समान १३ खेलबाटै २४ अंक रहेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।