धनगढी- निर्मलाका बुवा यज्ञराज पन्तलाई जहाजले लान नमानेपछि मध्यरातमा धनगढीबाट जीपमा राखेर काठमाडौं लगिएको छ ।
मानसिक सन्तुलन गुमाएपछि उपचारका लागि काठमाडौं जहाजमा लग्न खोजिए पनि मानसिक अवस्था ठिक नभएकाे भन्दै जहाजले लान नमानेपछि धनगढीस्थित सेती अञ्चल अस्पतालमा सामान्य उपचार पछि राति नै काठमाडौं पठाइएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको पहलमा एक जना चिकित्सक र तीन जना सुरक्षाकर्मीसहित उनलाई काठमाडौं पठाईएको मुख्यमन्त्रीका स्वकिय सचिव शिव सिंह ओलीले जानकारी दिए । अस्पतालको बेडमा नै बर्बराउदै भाग्न खोजेपछि लडेर उनको खुट्टा, घुँडामा समेत चोट लागेको बताइएको छ । छोरीको हत्यारा सार्बजनिक गर्नु पर्ने भन्दै धर्ना बसेका निर्मलाका बुवा यज्ञराजको मानसिक सन्तुलन गुमेको थियो ।
धनगढी बिमानस्थलबाट शनिवार साँझको उडानमार्फत उनलाई उपचारका लागि काठमाडौं लग्न लाग्दा उनले विमान चढ्न मानेनन् । उनको अवस्था झन बिग्रदै गएकाले सेती अँचल अस्पतालमा राखिएको थियो । यज्ञराजको मानसिक सन्तुलन बिग्रिएपछि अहिले उनि बरर्बराउने , गाली गलौच गर्ने, झम्टिने, हातपात गर्न खोज्ने, मेरी छोरीका हत्यारालाई मार्छु भन्दै दौडिदै भाग्न खोज्ने जस्ता अस्वभाविक कृयाकलाप गर्न थालेका छन ।
दुई तीन दिनदेखि उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई धार्नास्थल मै महाकाली अँचल अस्पतालको स्वास्थ्यकर्मीको टोली गई स्वास्थ्य जाँच गरेपछि उपचारका लागि काठमाडौं लैजान सल्लाह दिएका थिए । जिल्ला प्रशासन कार्यालय कंचनपुरको गेटमा कात्तिक २५ गतेदेखि यज्ञराको परिवार सहित मानअधिकारकर्मी निर्मलाको न्याय माग्दै धर्नामा बसेका थिए । १३ वर्षीया निर्मलाको साउन १० गते बलात्कार पछि हत्या गरिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४