शनिबार, साउन ९, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आज मंसिर ८ गते शनिबार । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार एनजिओको कार्यक्रममा सहआयोजक बनेको बताएको,राष्ट्रपति भण्डारीको लागि गाडी खरिद गर्न भिख माग्दै गरेको,   १० वर्षपछि पूर्वराजाका गोप्य भेटघाट गर्ने कोठा खुलेको लगायतका समाचार बढी पढिए । अरू के के भयो त शनिबार । अब थाहापाउनुस्, नेपाल समय दिनभरी।

सरकार त ‘एनजिओ’को कार्यक्रममा सहआयोजक बन्न पो व्यस्त र’छ

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार गैर सरकारी संस्थाले आयोजना गर्ने कार्यक्रममा सहआयोजक बन्न व्यस्त रहेको आरोप लगाएका छन् ।  अन्तर्राष्ट्रिय गैर सरकारी संस्था आइक्यापको आयोजनामा आगामी मंसिर १५ र १५ गते काठमाडौंमा आयोजना गर्न लागिएको ‘एसिया प्यासिफिक समिट–२०१८’प्रति लक्षित गर्दै प्रवक्ता शर्माले गैर सरकारी संस्थाको पछि लागेर सरकार निरिह बनेको प्रमाण पेश गरेको आरोप लगाए । 

राष्ट्रपति भण्डारीको लागि गाडी खरिद गर्न भिख माग्दै

राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा केही युवाहरुले भिख मागेका छन्। जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधाहरु सम्बोधन हुनुको साटो जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरुले सांकेतिक विरोध स्वरुप एक रुपैयाँ भिख मागेका हुन्।

यस्तो छ सरकारले ल्याउने सामाजिक सुरक्षा स्किम

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सामाजिक सुरक्षा कोषबाट सञ्चालन हुने योगदानमा आधारित सामाजिक सुरक्षा योजना (स्किम) ११ मंसिरदेखि लागु हुने भएकोछ। शुभारम्भ प्रधानमन्त्री केपी ओलीले गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। रोजगारदाता र योगदानकर्ताको सूचिकरण सम्बन्धी सूचना २६ कात्तिकको राजपत्रमा प्रकाशन भई सकेको बताइएको छ। कोषबाट सञ्चालन हुने योजना नेपालमा विद्यमान सामाजिक सुरक्षा योजनाभन्दा पृथक हुनुका साथै नेपालमा पहिलो पटक सञ्चालनमा आउन लागेको हो।

 १० वर्षपछि खुले पूर्वराजाका गोप्य भेटघाट गर्ने कोठा

पूर्वराजा ज्ञानेन्द्र र स्वर्गीय राजा वीरेन्द्रले राजनीतिक र कूटनीतिक भेटघाटका लागि निजी कार्यालयका रुपमा प्रयोग गर्दै आएको नारायणहिटी संग्रहालयभित्रका गणेश हिमालतर्फका ९ वटा कक्ष खुलेका छन् । पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको उपस्थितिमा शुक्रबार ती कक्षहरू खुला गरिएको हो। गणेश हिमालतर्फका सप्तरी, सुनसरी, सिरहा, धनुषा, पर्सा, कपिलवस्तु, झापा, इलाम, सिन्धुली कक्ष कक्ष खुला गरिएको हो। लामो समयको प्रयासपछि पुरातत्त्व विभागले ती कक्ष खुला गरेको हो।

तारा एयरको जहाजभित्रै यात्रुको मृत्यु

 रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एअरको टुइनेटर जहाजमा सवार एक यात्रु जहाजभित्रै मृत्यु भएको छ । शनिबार दिउँसो साढे १२ बजे रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरलाइन्सको नाइन एन एइटी कलसाइनको उडान नं ७१६ जहाजमा मुगु जिल्ला सोरु गाँउपालिका–८ गिलाहाँ गाँउका अन्दाजी ३८ वर्षीय धिरबहादुर शाहीको मृत्यु भएको आफन्तले बताएका हुन् । 

तस्बिरमा विप्लवको जनसभा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शनिबार राजधानीको भृकुटीमण्डपमा जनसभा गरेको छ। पार्टी पुनर्गठन दिवसको अवसरमा पार्टीले जनसभाको आयोजना गरेको हो। जनसभामा अर्धभूमिगत अवस्थामा रहेका पार्टीका महासचिव विप्लव भने सहभागी भएका छैनन्। 

तीनकुनेमा खुकुरी हानाहान, एकको मृत्यु

काठमाडौंको तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी टोलमा दुईवटा समूहबीच खुकुरी हानाहान भएको छ । खुकुरी हानाहान हुँदा एकको मृत्यु भएको छ । एक गम्भीर घाइते भएका छन् । तीनकुनेको बागमती पुलमुनि शान्तिनगरको सुकुम्बासी टोलमा बस्ने दुर्इ समूहबीच खुकुरी हानाहान हुँदा बिक्की लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्इ समूहबीच लागु पदार्थ सेवन गर्ने विषयमा विवाद भएपछि खुकुरी हानाहान भएको हो ।

प्रदेशसभा स्वतन्त्र उम्मेदवारको गोली हानी हत्या

गत वर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार ३० वर्षीय दीपेन्द्रकुमार चौधरी (राजाबाबु) को गोली प्रहार गरी हत्या गरिएको छ। जिल्लाको शुद्धोधन गाउँपालिका-४ मोतीभारीस्थित घर नजिकैको सडकमा अज्ञात समूहले शुक्रबार राति ९ बजे चौधरीलाई गोली प्रहार गरेको थियो। गोली लागेर गम्भीर घाइते भएका उहाँको लबनीस्थित स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका क्रममा भैरहवा पुर्‍याउँदा मृत्यु भएको पकडी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष पोख्रेलले जानकारी दिए। 

सारै राम्रा मैयाँका पिँडुला

‘मैजु या पिलाके गुली बाला!’ नेवारी समुदायमा चर्चित गीतको अंश हो यो। यसको नेपाली अर्थ हुन्छ- यो मैयाँको पिँडुला कति राम्रो! यो गीतसँग ‘हाकुपटासी’ को प्रसंग जोडिएको छ। 

सुहाइको साहस : जो बम हमलाकारीको अगाडी चट्टान झैं उभिइन्

तीन जना आत्मघाती बम हमलाकारीले पाकिस्तानीको कराचीस्थित चीनीयाँ कन्सुलरलार्इ टार्गेट गरेको सूचना पाएलगत्तै प्रहरी  तत्काल स्थितिलार्इ नियन्त्रणमा लिन सफल भयो। तीनै जना हमलाकारी कन्‍सुलर बिल्डिङ नजिक प्रवेश गर्नु अघि नै प्रहरी अप्रेशनमा मारिए। यही प्रहरी अप्रेशनको नेतृत्व सम्हालेकी थिइन् साहसी पाकिस्तानी महिला प्रहरी एसपी सुहाइ तलपुरले। आत्मघाती बम हमलाकारीको अगाडी चट्टान झैं उभिएर छाति थाप्ने महिला प्रहरी हुन्, सुहाइ तलपुर। जसले आतंकारीको लक्ष्‍य विफल पारिनन्, उनीहरुलार्इ नै संसारबाट बिदा गरिन्।

‘ए’ डिभिजन लिग : जावलाखेलमाथि हिमालयन विजय  

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा हिमालय सेर्पाले जित हात पारेको छ । जावलाखेल युथ क्लबलाई २-१ ले पराजित गर्दै हिमालयन सेर्पा विजय भएको हो । लिगका तीन खेल खेलिसक्दा हिमालयनको यो दोस्रो जित हो भने जावलाखेलको यो लगातार तेस्रो हार हो । हल्चोकस्थित एपीएफ क्लबको खेल मैदानमा सम्पन्न खेलमा दुबै गोल खेलको दोस्रो हाफमा भएको थियो । हिमालयनको जितका लागि दुबै गोल किरण लिम्बुले गरे । 

रोनाल्डोको प्रेममा परेका चर्चित ५ सुन्दरी

पोर्चुगल तथा युभन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो मैदानभित्र बल खेलाउन जति अब्बल छन् मैदानबाहिर पनि उनी प्रेमिका बनाउन त्यति माहिर मानिन्छन् । उनले मैदान भित्रको आफ्नो स्टार डमको प्रयोग गर्दै थुप्रै युवतीसँग डेट गरेका छन् । पाँच पटकका फिफा वर्ष खेलाडी रोनाल्डो सन् २००३ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध भएपछि उनी चर्चामा रहे । उक्त समय सन् २००३ मा चर्चामा रहदा देखि नै युवातीसँग डेट गरेका तस्बिर सार्वजनिक हुन थालेका थिए। उनले हालसम्म दुई दर्जनभन्दा बढी युवतीसँग डेट गरिसकेका छन् । तर उनका पाँच सम्बन्ध जो अन्य भन्दा धेरै चर्चामा रहे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।