बुधबार, चैत १८, २०८२

एइबारसँग रियलको लज्जासपद हार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- शनिबार भएका ला लिगा खेलमा रियल म्याड्रिड एइबारसँग फराकिलो अन्तरले पराजित भएको छ । घरेलु टोली एइबारसँग रियल ३-० को फराकिलो अन्तरे पराजित भएको हो । 

एइबारको जितका लागि गोन्जालो एस्केलेन्टे, सर्जि एन्रिच र किकेले समान एक एक गोल गरे । खेलको १६ औं मिनेटमा गोन्जालो एस्केलेन्टेको गोल मार्फत एइबारले अग्रता लिएको थियो । 

किकेले प्रहार गरेको बल रिबाउन्डमा एस्केलेन्टेले गोल गरेका थिए । उक्त गोलको निर्णयका लागि भिडियो असिस्टेन्ट रेफ्रीको प्रयोग गरिएको थियो । पहिलो हाफमा १-० को अग्रता बनाएको एइबारले दोस्रो हाफमा थप दुई गोल गर्यो । 

खेलको ५२ औं मिनेटमा मिडफिल्डर कुकुरेलाले दिएको क्रसलाई सहि सदुपयो गर्दै एन्रिचले गोल गरे । गोल खाएपछि प्रशिक्षक सोलारीले ओड्रीओजोलाको स्थानमा ड्यानी कर्भाजललाई उतारेका थिए । 

दोस्रो गोल खाएको पाँच मिनेट पछि रियलले तेस्रो गोल खायो । एइबारका लागि तेस्रो गोल किकेले गरे । उनले एन्रीचको मिस पासमा गोल गरेका थिए । रियलले गोल फर्काउने केहि मौका प्राप्त गरेपनि त्यसमा सफल हुन भने सकेन । 

यसअघि ला लिगाको इतिहासमा एइबारले रियलविरुद्ध ३ गोल गरेको थियो । तर शनिबार भएको खेलमा रियलले तीन गोल खाँदै जारी लिगको पाँचौ हार बेहोर्यो । रियलले एल क्लासिकोमा बार्सिलोनाविरुद्ध ५-१ को हार बेहोरेपछि जुलेन लोपेटेगुईलाई हटाउँदै सान्टियागो सोलारीलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको थियो । 

सोलारीले कार्यवाहकका रुपमा त्यसपछिका ४ खेलमा जित दिलाएपछि रियालले उनलाई २०२१ सम्को लागि पूर्ण प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । पूर्ण प्रशिक्षकका रुपमा पहिलो खेलमा नै प्रशिक्षक सोलारीले हार बेहोरेका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।