शनिबार, साउन ९, २०८३

तीनकुनेमा खुकुरी हानाहान, एकको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- काठमाडौंको तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी टोलमा दुईवटा समूहबीच खुकुरी हानाहान भएको छ । खुकुरी हानाहान हुँदा एकको मृत्यु भएको छ । एक गम्भीर घाइते भएका छन् ।

तीनकुनेको बागमती पुलमुनि शान्तिनगरको सुकुम्बासी टोलमा बस्ने दुर्इ समूहबीच खुकुरी हानाहान हुँदा बिक्की लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्इ समूहबीच लागु पदार्थ सेवन गर्ने विषयमा विवाद भएपछि खुकुरी हानाहान भएको हो ।

दुर्इ समूहबीचको झडपमा गम्भीर घाइते भएका बिक्कीको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अर्का घाइते अनिल श्रेष्ठको ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।