बिहीबार, चैत १९, २०८२

रोनाल्डोको प्रेममा परेका चर्चित ५ सुन्दरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- पोर्चुगल तथा युभन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो मैदानभित्र बल खेलाउन जति अब्बल छन् मैदानबाहिर पनि उनी प्रेमिका बनाउन त्यति माहिर मानिन्छन् । उनले मैदान भित्रको आफ्नो स्टार डमको प्रयोग गर्दै थुप्रै युवतीसँग डेट गरेका छन् । 

पाँच पटकका फिफा वर्ष खेलाडी रोनाल्डो सन् २००३ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध भएपछि उनी चर्चामा रहे । उक्त समय सन् २००३ मा चर्चामा रहदा देखि नै युवातीसँग डेट गरेका तस्बिर सार्वजनिक हुन थालेका थिए। उनले हालसम्म दुई दर्जनभन्दा बढी युवतीसँग डेट गरिसकेका छन् । तर उनका पाँच सम्बन्ध जो अन्य भन्दा धेरै चर्चामा रहे ।

जर्जिना रोड्रिगुएज

हालको उनको श्रीमती तथा पछिल्लो समय रोनाल्डोले मोडल जर्जिना रोड्रिगुएजसँग डेट गरिरहेका थिए । आज भन्दा दुई बर्ष अधि प्रेममा पर्दा उनीहरु सार्वजनिक स्थानमा देखिँदै आएका थिए । बिबाह पुर्व डेटकै क्रममा जर्जिनो गर्भवती भएकी थिन् ।

जुन बाच्चा जन्म पछि रोनाल्डो चौथो सन्तानको पिता बने । रोनाल्डोले वर्षको सुरुवातमै भाडाको कोखको सहायतामा जुम्ल्याहा छोराछोरी जन्माएका थिए। सन् २०१० मा पनि रोनाल्डोले भाडाको कोखबाट क्रिस्टियानो रोनाल्डो जुनियर जन्माएका थिए। जुन उनका जेठा छोरा हुन् । 

रोनाल्डोले अहिले सम्म उनको आमा को हुन भन्ने खुलाएका छैनन् । उक्त क्रिस्टियानो रोनाल्डो जुनियरलाई जन्माउनका लागि भाडाको कोखलाई धेरै पैसा दिएको हुन सक्ने अनुमान गरिएको थियो ।


रसियन मोडल इरिना सायक

जर्जिनासँग प्रेममा पर्नुअघि रोनाल्डो रसियन मोडल इरिना सायकसँग प्रेममा थिए। उनीहरुबीच पाँच वर्ष अफेयर चलेको थियो। नायिकासमेत रहेकी इरिनासँग रोनाल्डो पटक पटक सार्वजनिक स्थानमा देखिने गरेका थिए। इरिनाले सन् २०१० को उत्कृष्ट इन्टरनेसलन मोडलको अवार्ड जितेकी थिइन्। तर, अनन्त उक्तइरिना सायकसँग रोनाल्डोको प्रेम सम्बन्ध सफल हुन सकेन् ।


टेलिभिजन प्रस्तोता तथा मोडल किम कार्डिसियन

रोनाल्डो सन् २०१० मा चर्चित टेलिभिजन प्रस्तोता तथा मोडल किम कार्डिसियनसँगको सम्बन्धका कारण पनि चर्चित बन्न पुगे। सन् २०१० मा रोनाल्डो र किमले मड्रिडमा डेट गरिरहेको तस्बिर सार्वजनिक भएको थियो । किम रोनाल्डोलाई भेट्न धेरै पटक स्पेन आउने गरेको खुलासा समेत भएको थियो। तर, पछि त्यो प्रेम सम्बन्ध पनि विवाहमा परिणत हुन सकेन ।


अमेरिकी नायिका पेरिस हिल्टन

सन् २००८ मा रोनाल्डोको सम्बन्ध अमेरिकी नायिका पेरिस हिल्टनसँग थियो। तर, उनीहरु सार्वजनिक स्थानमासँगै देखिएनन् । रोनाल्डो र हिल्टनबीचको सेक्स टेपसमेत सार्वजनिक भएको थियो । सोहि सेक्स टेप सार्वजनिक  भएपछि पेरिसको पारिवारिक सम्बन्धसमेत बिग्रिएको थियो। सोहि कारण रोनाल्डो र पेरिसबीच लामो समय सम्बन्ध टिक्न सकेन ।


बेलायती नायिका जेम्मा एट्किनसन

सन् २००७ मा रोनाल्डो र बेलायती नायिका जेम्मा एट्किनसनबीच अफेयर चलेको थियो। तर रोनाल्डोको यो प्रेम सम्बन्ध भने त्यतीहल्ला भएन । उनीहरुबीचको सम्बन्ध भने गुपचुप नै थियो। तर पनि केहि समयको प्रेम सम्बन्ध पछि एट्किनसनले रोनाल्डोसँग सम्बन्ध रहेको स्वीकार गरेकी थिइन्। यति सम्म की रोनाल्डोसँग धेरै रात आफ्नो घरमा बिताएको एट्किनसनले अन्तरवार्तामा बताएकी थिइन् ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।