शनिबार, साउन ९, २०८३

दरबन्दी नै नभएको कर्मचारी सिफारिस समितिमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम–प्रदेश २ सरकारले कर्मचारी भर्ना गर्न करार कर्मचारी ऐन ल्याउन अन्तिम तयारी गरेको छ । प्रदेश भित्रको सार्वजनिक प्रशासनको काम कारबाही चुस्त, दुरुस्त, छिटो छरितो तथा प्रभावकारी बनाउन सरकारले करार कर्मचारी भर्नासम्बन्धी कानुन ल्याउन लागेको हो ।

प्रदेश प्रशासन सञ्चालन गर्न संघीय सरकारले आवश्यक कर्मचारी पठाएर सहयोग नगरेको भन्दै रिक्त पदहरुमा स्थायी पदपूर्ति नभएसम्म छोटो अवधिका लागि करार सेवामा कर्मचारी नियुक्त गर्न आवश्यक भएको सरकारको भनाइ छ ।

करारमा कर्मचारी भर्ना गर्न सरकारले प्रदेशसभा बैठकमा केहि दिनअघि विधेयक पेश गरेपनि सहमति नहुँदा विशेष समितिमा पठाइएको थियो । र, विशेष समितिले शुक्रबार बसेको प्रदेशसभा बैठकमा आफ्नो प्रतिवेदन पेश गरेको छ । समितिले पेश गरेको प्रतिवेदन उपर छलफल गरेर विधेयक पेश गर्ने सरकारको तयारी छ । प्रदेशसभा बैठकबाट विधेयक पारित भए लगत्तै प्रदेश सरकारलाई करारमा कर्मचारी भर्ना गर्न बाटो खुल्ने छ ।

प्रदेश प्रशासनका लागि रिक्त पदको संख्या एकिन गर्न तथा कर्मचारी छनौट गर्न विधेयकमा कर्मचारी भर्ना सिफारिस समितिको व्यवस्था गरिएको छ । प्रदेश प्रशासनका लागि रिक्त पदको संख्या एकिन गर्न तथा कर्मचारी भर्ना छनौट गर्न मुख्य न्यायधिवक्ता अध्यक्ष, आन्तरिक मामिला तथा कानुन मन्त्री सदस्य र सम्बन्धित मन्त्रालयको सचिव सदस्य सचिव रहने व्यवस्था छ ।

यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयको हकमा मुख्य न्यायधिवक्ता अध्यक्ष, कार्यालयको सचिव सदस्य र मन्त्रालयको सचिव सदस्य सचिव रहने व्यवस्था समितिले गरेको छ । 
तर, प्रदेशसभा सचिवायलको हकमा मुख्य न्याधिवक्ता र सचिव बाहेक संसदीय मामिलासम्बन्धी कम्तीमा ५ वर्ष अनुभव भएको उपसचिव सदस्य सचिव रहने व्यवस्था विधेयकमा छ ।

प्रदेश प्रशासन र आन्तरिक मामिलातर्फ संघीय उपसचिवको व्यवस्था नगरिएपनि प्रदेशसभामा कर्मचारी भर्ना गर्न गठन हुने समितिमा संघीय मामिलासम्बन्धी उपसचिवको व्यवस्था गरिएको छ ।
प्रदेशसभाकको सांगठनिक संरचना अनुसार संघीय मामिलासम्बन्धी उपसचिवको दरबन्दी नै नरहेपनि समितिले यस्तो व्यवस्था गरेको छ ।

कानुनतर्फ उपसचिवको दरबन्दी नरहेको बताउँदै प्रदेशसभाका उपसचिव शान्तिराम प्रसाईंले विशेष समितिको प्रतिवेदन बैठकमा पेश भइसकेपछि मात्रै आफूले यस विषयमा जानकारी पाएको बताए ।

समितिका सभापति सांसद परमेश्वर साहले संसदीय अभ्याससम्बन्धी अनुभव भएका कर्मचारीलाई धेरै जानकारी भएकाले यस्तो व्यवस्था गरिएको उनको तर्क छ । साहका अनुसार प्रदेशसभामो संदीय मामिला सम्बन्धी अनुभव भएको उपलब्ध उपसचिवलाई पहिलो प्राथमिकता दिँदै उपलब्ध नभएको खण्डमा मात्रै संघबाट बोलाइने छ ।

यता अहिले प्रदेशसभामा काजमा खटिएका संघीय संसदका एकजना उपसचिवलाई सिफारिस समितिमा राख्न यस्तो व्यवस्था गरिएको बताइएको छ । प्रदेशसभामा संघीय संसदका उपसचिवको दरबन्दी नै रहेपनि विधेयकमा यस्तो व्यवस्था भएपछि प्रदेशसभाका कर्मचारीहरु पनि आश्चर्यमा परेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।