बिहीबार, चैत १९, २०८२

‘ए’ डिभिजन लिग : जावलाखेलमाथि हिमालयन विजय 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा हिमालय सेर्पाले जित हात पारेको छ । जावलाखेल युथ क्लबलाई २-१ ले पराजित गर्दै हिमालयन सेर्पा विजय भएको हो ।

लिगका तीन खेल खेलिसक्दा हिमालयनको यो दोस्रो जित हो भने जावलाखेलको यो लगातार तेस्रो हार हो । हल्चोकस्थित एपीएफ क्लबको खेल मैदानमा सम्पन्न खेलमा दुबै गोल खेलको दोस्रो हाफमा भएको थियो । हिमालयनको जितका लागि दुबै गोल किरण लिम्बुले गरे । 

उनले खेलको ६५ औं मिनेटमा गोल गर्दै हिमालउयनलाई अग्रता दिलाएका थिए । त्यसको १० मिनेट नबित्द पुनः लिम्बुले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । 

तर, खेलको ८६ औं मिनेटमा वानला खेलले एक आत्मघाति गोल उपहार पाएको थियो । आत्मघाति गोल हिमालयनका आशिष गुरुङले गरेका थिए । लिगको सुरुवाती तीनवटै खेलमा जावलाखेल अपेक्षा अनुसार प्रदर्शन गर्न सकेको छैन । 

पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० ले पराजित हुँदा दोस्रो खेलमा संकटासँग २-० ले पराजित भएको थियो । हिमालयन शेर्पा भने पहिलो खेलमा विभागीय टोली एपीएफसँग बराबरी खेल्दै अंक बाँड्दा दोस्रो खेलमा सरस्वती युथ क्लबलाई १-० ले हराएको थियो । 

तीन खेल पछि हिमालयन शेर्पाको ७ अंक पुगेको छ भने जावलाखेल अंक विहिन छ । समान तीन खेल खेलेको मनाङ ९ अंक सहित लिग अंक तालिकाको शिर्ष स्थानमा छ भने समान खेलमा समान अंक सहित संकटा गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।